8 years ago
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार प्रिया लक्ष्मी कार्कीसहित पाँच महिला पत्रकार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । समानताका लागि बुदल्न आवाज भन्ने नाराका साथ आरोहण गर्ने टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राष्ट्रपति भवनमा शुभकामना दिएकी छन् ।
प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ नाम दिइएको उक्त आरोहण टोलीलाई राष्ट्रपति भण्डारीले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारी बोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने भन्दै यस उत्साहजनक सोच सराहनीय भएको बताइन् । उनले आरोहणले सम्पूर्ण नेपाली र नेपालको नाम फैलिने कार्य हुने भएकोले हरतरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आरोहण टोलीलाई सफलताको शुभ कामना दिइन् ।
नेपाल खेलकुद पत्रकार मञ्चकी सदस्य समेत रहेकी न्यूज २४ मा कार्यरत प्रियालक्ष्मीसहित आरोहन टोलीमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजन तथा विपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विक्षान सङग्रहालय विकास समिति की रोजिता बुद्धाचार्य र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् । उनीहरुले चैतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने बताइएको छ ।
आरोहण सम्बन्धि तालिमका लागि बुधार पत्रकार महिलाको टोली दोलखास्थित यालुङरी र रामदुङ ६ हजार मिटरका दुई हिमाल आरोहण गर्न दोलखा रोलवालिङ जाँदैछन् । आरोहण टोलीलाई सबै खाले सहयोगको आवश्यकता रहेको टोलीकी संयोजक कल्पना महर्जनले बताइन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]