8 years ago
December 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप नजिकिदै गर्दा समर्थकमाँझ उत्साह बढ्दो छ । फुटबलको महाभिडन्त आरम्भ हुन अब मात्र ६ महिना मात्र बाँकी छ । समर्थक आ– आफ्ना स्टार खेलाडी राष्ट्रका लागि खेलेको हेर्न आतुर छन् । तर निश्चय पनि धेरै फुटबल प्रेमीले केहि खेलाडीलाई भने ‘मिस‘ गर्नेछन् । उनीहरुको अभावमा यसपटकको रुस विश्वकप केहि खल्लो हुन सक्ने छ ।
आर्टुरो भिडाल
चिलीले विश्व कप छनोट अन्तर्गत अन्तिम तथा निकै महत्वपूर्ण खेलमा ब्राजिलसँग भिड्दै गर्दा बायर्न म्युनिखका मिडफिल्डर भिडाल प्रतिबन्धित थिए । अघिल्लो दुई विश्व कपमा भिडालले आकर्षक प्रदर्शन गरेका थिए । चिली यसपटक छनोट नहुँदा ३० वर्षीय भिडाललाई उनका समर्थकले रुस विश्वकपमा देख्न पाउँने छैनन् ।
एलेक्सिस स्यान्चेज
हाल आर्सनलका भरपर्दा एट्याकर एलेक्सिस स्यान्चेज पनि चिलीले विश्व कपमा स्थान नबनाउँदा यसपटक ‘मिस‘ हुनेछन्। बार्सिलोनाबाट लन्डन पुगेका स्यान्चेज त्यसयता राम्रो फर्ममा छन् र आर्सनलको अग्रपङ्क्ति सम्हाल्दै आएका छन् । म्यानचेस्टर सिटी र अन्य युरोपका ठूला क्लबको नजरमा रहेका स्यान्चेजलाई यसपटक भने चिलीको विङ्गबाट विश्वकपमा खेलेको देख्न पाइने छैन ।
ग्यारेथ बेल
इन्जुरीको समस्याबाट ग्रसित ग्यारेथ बेलको वेल्सले युरो २०१६ मा राम्रो प्रदर्शन गरेपनि विश्व कप छनोटमा प्लेअफ सम्म पनि स्थान बनाउँन सकेन । आयरल्यान्डसँग २ अंकले पछि पर्दै छनोट हुने सम्भावना गुमाएको वेल्सबाट आरोन रामसे , जो एलेन जस्ता खेलाडी पनि देखा पर्ने छैनन । टोटेनह्यामबाट कीर्तिमानी १ सय मिलियन युरोमा रियल म्याड्रिड पुगेका बेललाई रियलका समर्थक साथै उनका अन्य शुभचिन्तकले पनि ‘मिस‘ गर्नेछन् ।
आर्जेन रबेन
तीन पटक विश्व कपका महत्वपूर्ण खेलाडी आर्जेन रबेनको नेदरल्यान्ड्सको खराब यात्रा जारि रह्यो र डचले रुस विश्व कपमा स्थान बनाउन सकेन । स्विडेनसँग छनोट चरणमा २ गोल गर्दै रबेनले होल्याण्डबाट अन्तिम खेल खेले । अब रुस विश्व कपमा मात्र हैन उनलाई विश्व कपमा देख्न पाउने सम्भावना सामाप्त भएको छ । रबेनको स्पिड र मेहेनत नेदरल्यान्ड्सले अवश्य ‘मिस‘ गर्नेछ ।
जियानलुइगी बुफोन
विश्व कप पछि ग्लोभ्स बिसाउने निर्णय सार्वजनिक गरेका इटालीका गोलकिपरको अन्तिम विश्व कपमा सहभागी रहने सपना अधुरै रह्यो । ३९ वर्षीय बुफोनले स्विडेनसँग प्ले अफमा भोगेको पराजयपछि सन्यासको घोषणा गरे । इटालीबाट पाँच पटक (११९८ , २००२ , २००६ , २०१० , २०१४) विश्व कपमा सहभागी भएका बुफोनलाई यसपटक भने देख्न पाइने छैन ।
एजेन्सीको सहयोगमा
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]