default_image

8 years ago

December 3, 2017

आहा ! रारा गोल्ड कप माघ ९ देखि

117 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता यसपटक माघ ९ गतेदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा आहा राराको १६ औं संस्करण माघ ९ गते देखि २० गते सम्म संचालन हुने आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनकारी दिइयो ।

पोखरा रंगशालाको फुटवल मैदान अन्तराष्ट्रिय स्तरको निमार्णको लागि हाल टेण्डर आव्हान भए पनि केहि प्रकृयाका कामहरु गरी निमार्ण सुरु गर्न अझै केहि दिन लाग्ने भएकोले गर्दा यस बर्षको आहा रारा गोल्ड कप पोखरा रंगशालामै गर्ने गरि तयारी सुरु गरिएको आयोजक सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए ।

फुटवल मैदानको पुर्व र पश्चिम पट्टिको प्याराफिट भत्काउने रकम समेत विनियोजन भएकोले गर्दा यदि प्याराफिट भत्काएको अबस्थामा पनि कृतिम प्याराफिट निमार्ण गरेरै पोखरा रंगशालामा प्रतियोगिता हुने भएको अध्यक्ष थापाले बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम बहादुर गुरुङले आफुहरुले आहा रारा गोल्ड कपसम्मलाई सकेसम्म प्याराफिट नभत्काउने गरी फुटवल मैदान निमार्णको प्रकृया अघि बढाउने बताए ।

उनले भने “ यस बर्षको आहा रारा गोल्ड कप पोखरा रंगशालाको हालको मैदानमा हुन्छ, यसमा ९० प्रतिशत म विश्वस्त छु, तर हाम्रो देश नेपाल हो, यहाँ जे पनि हुन सक्छ । ” झन्डै एक करोड २० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने अनुमान गरिएको प्रतियोगितामा झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ । बाँकी रहम क्लबले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको भरणपोषणमा खर्चिने भएको क्लवका महासचिव विश्वराज वरालले बताए ।

प्रतियोगिताका मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले यो बर्षको पुरस्कार राशीमा बृद्धि हुने गरि क्लबलाई थप सहयोग गर्ने बताए । नेपाली बजारमा १० वटा चाउचाउको प्रतिष्प्रर्धा भए पनि आफुहरुले धेरै नेपालीलाई रोजगार दिदै रारा चयारी चाउचाउ १५-१६ रुपैयाँ मा विक्रि गर्दै आएको बताए ।

प्रतियोगिता संचालनका लागि अखिल नेपाल फुटबल संघले समय तालिका उपलब्ध गराएको क्लवका महासचिव वरालले बताए । प्रतियोगितामा विदेशी, विभागिय टिम सहित ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्रबाट १-१ टिम र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने बताइएको छ ।

हङकङ सहाराबाट १५ लाख हस्तान्तरण

यसै बिच हङकङ सहारा साँझबाट यस बर्ष सहारा क्लवलाई १५ लाख रुपैया सहयोग प्राप्त भएको छ । हङकङ सहाराका महासचिव विल तामाङले उक्त रकम बराबरको चेक सहारा क्लवका अध्यक्ष थापालाई हस्तान्तरण गरेका हुन । १० लाख रुपैया सहारा एकेडेमीको अक्षयकोषमा र ५ लाख क्लबलाई सहयोग हुने गरी आफुहरुले सहयोग गरेको महासचिव तामाङले बताए ।

उनका अनुसार यस बर्ष क्लवले भूकम्पबाट प्रभावित भएको सिन्दुपालचोकको हाईपुङ माविको भवन निमार्णको लागि ५ लाख रुपैया आर्थिक सहयोग गरि सकेको छ । हङकङमा हुने सहारा साँझबाट विगतका बर्ष देखि क्लवलाई यसरी नै आर्थिक सहयोग जुट्दै आएको क्लवका निवर्तमान अध्यक्ष विरभद्र आचार्यले बताए । त्यसै गरी यस बर्ष सहारा खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरेका सुरज श्रेष्ठले प्राप्त पुरस्कार राषिमा थप गरी २० हजार रुपैया क्लवलाई हस्तान्तरण गरे । सहारा पत्रकारिता पुरस्कारको राषि १५ हजार ५ सय ५५ रहेको थियो ।

सहारा क्लवद्धारा संचालित तेश्रो व्याचको एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन् । उनीहरुको निःशुल्क स्वास्थ्य, शिक्षा, फुटवल प्रशिक्षण लगायतको सुविधाको मुख्य आयश्रोत नै आहा रारा गोल्ड कपबाट बचत हुन आउने रकम भएकोले गर्दा उक्त प्रतियोगिता क्लवको लागि अनिवार्य रहेको अध्यक्ष थापाले बताए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.