default_image

8 years ago

December 3, 2017

रियो ओलम्पिकका ओलम्पियनहरु नगदसहित सम्मानित

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले रियो ओलम्पिकमा सहभागिता जनाएका सात खेलाडीलाई नगदसहित सम्मानित गरेको छ ।

olympian

आइतबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले रियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलका ७ खेलाडीलाई जनही १ लाख ३ हजार ४ सय ५० रुपैयाले सम्मानित गरेको हो ।

जुडोकी फुपूल्हामु खत्री, पौडीकी गौरिका सिंह, तेक्वान्दोकी निशा रावल, एथलेटिक्सकी सरस्वती भट्टराई, एथलेटिक्सका हरि कुमार रिमाल, आर्चरीका जित बहादुर मोक्तान र पौडीका शिरिष गुरुङ नगदसहित सम्मानित भएका हुन् । पौडीकी गौरिका सिंह भने कार्यक्रममा उपस्थित भएकी थिइनन्। उनी परिवारसँग लण्डनमा रहेकी छिन् ।

सन् २०१६ मा ब्राजिलको रियोमा भएको ओलम्पिकमा फुपूले ६३ केजी तौल समूह मुनि प्रतिस्पर्धा गरेकी थिईन् । ओलम्पिकमा पुरा बाउट खेल्ने फुपु पहिलो खेलाडी हुन् । पौडीकी गौरिका सिंह रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिईन् । उनी आफ्नो हिट चरणका पहिलो स्थानमा आएकी थिईन् । एथलेटिक्सकी सरस्वती भट्टराईले १५ सय मिटर दौडमा २१ वर्ष पूरानो कीर्तिमान भंग गरेकी थिईन् । यस्तै पौडीका शिरिष गुरुङले १०० मिटर फ्रि स्टाइलमा कीर्तमान बनाएका थिए ।

सम्मान कार्यक्रमपछि अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको छात्रवृत्ति पाएको तर, ओलम्पिकमा सहभागिता जनाउन नसकेकालाई पनि उपलब्ध गराइसकेको बताए । अध्यक्ष श्रेष्ठले आसन्न टोकियो ओलम्पिकको छात्रवृत्तिका लागि पनि पहल गर्ने पनि बताए । जापानमा सन् २०२० मा हुने टोकियो ओलम्पिकका लागि वैदेशिक प्रशिक्षणको लागि पनि पहल गरिने बताए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.