default_image

8 years ago

December 11, 2017

शुक्र र प्रतिमाको अग्रता

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिएमएस छैटौ फाल्डो सिरिज जुनियर च्याम्पियनसिपमा डिफेण्डिङ च्याम्पियन शुक्र बहादुर राई र प्रतिमा शेर्पा पहिलो दिन शीर्षस्थानमा रहन सफल भएका छन ।

गोकर्ण गल्फ क्लबमा सोमबार भएको अन्डर २१ तर्फ शुक्रले ४ ओभर ७६ अंकका साथ बिपिन तामाङलाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन । शुक्रले तेस्रो होलमा बर्डी प्रहार गरे । तर ३ पारको आठौ होलमा डबल बोगी खेप्दा फ्रन्ट नाईन १ ओभर ३७ मा सकाए । यसपछि १२ औ र १८ औ होलमा बर्डीको सफलता प्राप्त गरेपनि १४औ र १५ औ होलमा बोगी तथा १७ औ होलको ट्रिपल बोगीसँगै ब्याक नाईन ३ओभर ३९ मा सकाए ।

७ ओभर ७९ अंकका साथ बिपिन तामाङ दोस्रो र १४ ओभर ८६ अंक जोडेका सुदिप तामाङ तेस्रो स्थानमा रहेका छन ।

छात्रातर्फ प्रतिमा शेर्पा नौ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेकी छिन । ९ ओभर ८१ अंकका साथ प्रतिमाले कसमिरा शाहलाई नौ स्ट्रोकले पछि पारेकी हुन । १८ ओभर ९० अंकका साथ कसमिरा शाह दोस्रो र २५ ओभर ९७ अंकका साथ जुनी गुरूङ तेस्रो स्थानमा रहेका छन ।

अनेडर सिक्सटिन तर्फ मोनिष शाह ५ ओभर ७७ अंकका साथ अगाडा रहेका छन् । उनले राहुल बिकलाई मात्र १ स्ट्रोकले पछि पारेका छन । यो स्पर्धामा कडा प्रतिस्पर्धा चल्दा ७८ अंक बनाएका बिनोद दोस्रो र ७९ अंककासाथ सुबास घिसिङ र रितेश तामाङ संयुत्त रूपमा तोस्रो स्थानमा छन् ।

४ छात्रा सहित २३ जुनियर खेलाडीको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन १०० अंक बनाएका छिरिङ शेर्पा भने बाहिरिएका छन । नेपाल गल्फ संघद्वारा आयोजित ३ दिने प्रतियोगिताको छात्र र छात्रातर्फको दुई विजेता भियतनामा आगामी मार्चम हुने एसियन फाल्डो सिरिजकोलागि छनौट हुनेछन। साथै यही प्रतियोगिताबाट १० खेलाडी छनौटगरी बन्द प्रशिक्षणमा राखिनेछ । खेलाडीहरूलाई राष्ट्रिय प्रशिक्षक तथा गल्फ संघका सल्लाहकार किम बाल्डवीनले प्रशिक्षण दिनेछन ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.