default_image

8 years ago

December 16, 2017

ब्रिसवेनमा सिम्रिक फुटबल क्लबको स्थापना

142 views

0 Bookmark

 अष्ट्रेलिया (हाम्रो खेलकुद)- अष्ट्रेलियामा नेपाली फुटबल क्लबहरुको संख्या गन्ने हो भने करिब दुई दर्जन नाघिसकेको छ। नेपालमा व्यवसायिक फुटबल खेलेर अष्ट्रेलिया आएकाहरु मात्र हैन आफ्नो नियमित दिनचर्याबाट केहि समय निकालेर फुटबल खेलमा निरन्तरता दिनेहरुको संख्या पनि ठुलै भइसकेको छ। चाहे व्यक्तिगत तनाव मुक्त गर्न होस् वा आफ्नो स्वास्थ्यको लाभका लागी समग्रमा नेपाली फुटबलले विभिन्न बहानामा विदेश बसेका नेपालीहरुमाझ निकै उत्साह थपेको छ।

हालका दिनहरुमा नेपाली फुटबल क्लबहरु प्राय सिड्नीमा नै केन्द्रित भएको देखिएपनि अष्ट्रेलियाका विभिन्न राज्यहरुमा यस्ता फुटबल क्लबहरुको स्थापना गर्ने र खेल्ने क्रम जारी छ। यसै क्रममा ब्रिसवेनमा पनि केहि जुझारु युवाहरुको समुहले हालै मात्र सिम्रिक फुटबल क्लबको स्थापना गरेका छन्। करिब ३५ जना नेपाली युवाहरुको समुहले नियमित रुपमा हरेक सोमवार ग्रिफित युनिभर्सिटिको फुटबल ग्राउण्ड भाडाममा लिएर ट्रेनिङ गर्ने र आफु आफुमा टिम डिभिजन गरेर फ्रेन्ड्ली म्याच खेल्ने गरेकामा क्लब बनाएर सबैलाई एउटै छातामुनि संगठित भएर खेल्नका लागी क्लबको स्थापन गरेका हुन्।

क्लब गठन गरेर फुटबल खेललाई निरन्तरता दिनेबारे क्लबका एकजना सदष्य सुनिल पराजुली भन्छन्,’ क्लब स्थापनाको मुख्य उद्देश्य नेपाली युवाहरुबिच फुटबल खेलको विकास, यहाँ बस्ने क्रममा नेपालीहरुले भोग्नु परेको मानसिक तनावबाट थोरै भएपनि मुक्ति र नेपालीहरुबिच आपसि सद्भावको श्रृजना गर्नु हो।’  त्यस्तै अर्का एक सदष्यको धारणा भने फरक छ। उनि भन्छन् ,’ विदेशमा पनि राजनितीक रंगहरु मिसाएर वाद वा खेमामा अल्झिएका नेपालीलाई फुटबलले जोड्छ त्यसैले पनि हामीले क्लबको स्थापना गरेर हरेक हप्ता एउटा फ्रेन्ड्ली म्याच खेल्ने व्यवस्था गरेका छौं।

चाहे विद्धार्थी होउन् वा कुनै अरु व्यवसायमा संलग्नहरु सबैलाई जोड्ने सेतुको रुपमा स्रिमीक फुटबल क्लबको स्थापना भएकोमा फरक धारणा राख्नेहरु छैनन्। अझ त्यसमा पनि नेपाली व्यवसायिहरुले क्लब स्थापना र यसको निरन्तर सहयोगका लागी गरेको प्रतिबद्दताले थप उत्साह थपेको छ। क्लबको स्थापना भएसँगसँगै विभिन्न व्यवसाय गर्दै आएका नेपाली व्यवसायिहरुले क्लबलाई सहयोग गर्ने र खेल सामाग्री मात्र  नभएर क्लबले आयोजना गर्ने विभिन्न टुर्नामेन्टहरुमा पनि उचित सहयोग गर्ने बाचा गरेका छन्।

क्लबको मुख्य प्रायोजनको जिम्मा लिने अवसर पाएकोमा हिमालयन बिजनेस ग्रुपका डाइरेक्टर प्रविन भण्डारी उत्साहित छन्। उनि भन्छन् ,’ नेपाली व्यवसायीले व्यवसाय मात्र नभएर सामाजीक उत्तरदायित्व पनि बहन गर्न सक्नुपर्दछ जसका लागी हामी हाम्रो समुदायले गरेका प्रत्येक राम्रा कामका लागी सहयोग गर्न सँधै तयार छौं।’

यसै क्रममा क्लब स्थापना सम्बन्धि जानकारी, क्लबको प्रायोजकका बारेमा जानकारी, क्लबको जर्सि हस्तान्तरण लगायतका विभिन्न कार्यक्रम राखेर यहि डिसेम्बर २५ का दिन क्लब र प्रायोजकको सहकार्यमा क्लबले बार्बेक्युको आयोजना गर्ने भएको छ। समाजका विभीन्न तप्काका व्यक्तिहरुसँगको सल्लाह र सहयोगका आशा सहित आयोजना गर्न लागीएको यस कार्यक्रम विशेषत नेपाली समुदायसँग परिचयात्मक कार्यक्रमको रूपमा पनि गर्न खोजिएको क्लबका सदष्यहरुको राय छ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.