8 years ago
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५महिला फुटबल प्रतियोगितामाको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामाना गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम सुरु हुनेछ ।
आज भएको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले नेपालले डिफेन्समा ध्यान दिएको कारणले फाइनल पुग्ने बताएकी छन । यस्तै कप्तान प्रिती राईले टोलीमा सबैखेलाडीबिच राम्रो समन्वय रहेको र एकअर्काको खेल्ने तरीकालाई बुझेका कारण प्रतियोगितामा जित हात पार्न सहज हुने बताएकी छन । कप्तान राईले डिफेन्स ,मिडफिल्ड, फर्वाड सबै पक्ष जितका लागि प्रयाप्त हुने उल्लेख गरेकी छन । राष्ट्रिय टोलीबाट पहिलो पटक अन्तराष्टिय प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको र पाएको अबशरलाई सुदपयोग गर्ने कप्तान राइको दाबी छ ।
नेपाली टोलीमा कप्तान प्रीति राईसंगै रिया बानु, करिना धिमाल, बितिशा राजवंशी, पुष्पा गुरुङ, सरिश्मा थापा, मनमाया बिक, खुश्मा राई, सुरक्षा सिंह, सरस्वती हमाल, अस्मिता चौधरी, मुना मगर, निकिता ठोकर, सविता रानामगर, सुष्मा जीटी, अन्जली चन्द, अस्मिता रनपाल, निकिता धमाल, सुप्रिया रजक, अस्मिता गुरुङ, झरना नगरकोटी, रोशनी धिमाल, सुस्मा तामाङले पहिलो पटक अन्तराष्टिय प्रतियोगिता खेल्दैछन ।
प्रतियोगिता खेल्न शुक्रबार बंगलादेश आइपुगेको नेपालले शनिबार केहीसमय अभ्यास पनि गरेको छ । आयोजकबिरुद्ध खेल्दै साफ यू–१५महिला फुटबल प्रतियोगितामा सुरुवात गर्न लागेको नेपालले दोस्रो खेल पुष ४ गते भारत र तेस्रो खेल ६ गते भुटानसंग खेल्नेछ । राउन्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष दुई टोलीबिच उपाधिका लागि पुष ९ गते प्रतिस्पर्धा हुनेछ ।
तस्बिर : एनएसजेएफ
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]