default_image

8 years ago

December 17, 2017

स्पोर्टस स्कुल र न्यु बुद्ध क्वार्टरफाइनलमा

155 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र फुलवारीको न्यु बुद्ध युवा क्लब धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेका छन् । भारतको हल्द्धानी व्वाईज नआएपछि आयोजक फारवेष्ट पशुपति युवा क्लव ए ले पनि वाइ पाएर सेमिफाइनल पुगेको छ ।

धनगढी रंगशालामा आज दाङको स्पोर्टसले धनगढीको हसनपुर युवा क्लबलाई ८–० ले हरायो । एकेडेमीलाई जिताउन गणेश नेपालीले ५ गोल र हस्तराज गिरी ह्याट्रिक गरे । गणेश म्यान अफ द म्याद भए । स्पोर्टस स्कुल फुटवल एकेडेमीका प्रशिक्षक विदुर गुरुङले खेलाडीहरुले सोचे अनुसारको खेल देखाएकोले सानदार जित हासिल गरेको बताए । हसनपुर युवा क्लवका प्रशिक्षक सन्जय चौधरीले खेलाडीले राम्रो खेल्न नसकेको र पाएका मौकाहरु सही सदुपयोग गर्न नसकेको बताए ।

अर्को खेलमा न्यु वुद्धले चौमलाको मंगल युवा क्लबलाई ६–४ को अन्तरले हरायो । न्यु वुद्धका लागि सुन्दर घिसिङले ह्याट्रिक गरे । न्यु वुद्धका लागि दोस्रो हाफमा लक्ष्मण शाहीले ५५, सुरज शाहीले ५७ र वाल्टर चौधरीले ६७ औं मिनेटमा एक एक गोल थपे । मंगल युवा क्लवले दोस्रो हाफमा नै चार गाले फर्कायो ।

मंगल युवा क्ल्वका लागि विनोद चौरधीले ३८ अर्जुन चौधरीले ५८ र योगेन्द्र चन्दले ७७ औं मिनेटमा गोल गरे । एक गोल आत्मघाती भयो । न्य वुद्धका सुन्दर घिसिङ म्यान अफ द म्याद भए । न्यु वुद्ध युवा क्ल्वका प्रशिक्षका महेश गोलेले सुरुवात देखि खेलाडीहरु लयमा रहेका कारण त्यसलाई निरन्तरता दिएकोले अर्को चरणमा पुगेको वताए । मंगल युवा क्लवका कप्तान योगेन्द्र चन्दले सुरुमा गोल खाएर दवावमा आएपछि दोस्रो हाफमा खेल फर्किने प्रयास सफल हुन नसकेको बताए ।

यो खेलसँगै क्वाटरफाईनल समकिरण पुरा भएको छ । भोलीदेखि क्वाटरफाईनलका खेलहरु हुनेछन । भोलीको पहिलो क्वाटरफाईनलमा आयोजक फारवेष्ट पशुपति वी र पिएफए अत्तरीया प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो क्वाटरफाइृनलमा फारवेष्ट अत्तरीया स्पोर्टस एकेडेमी र न्यु वुद्ध युवा भिड्ने छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

 

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.