8 years ago
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कप फुटबल प्रतियोगितामा रन्जन मेमोरियल स्मृतिले रोमाञ्चक जित हात पारेको छ । रन्जन मेमोरियलले टुडिखेल युनाइटेडलाई ६-४ को गोल अन्तरले पराजित गरेको हो ।
रन्जन मेमोरियलको जितमा सुसान गुरुङले दुई तथा प्रविन गुरुङ, विजय तामाङ, असोक थापा र श्रमिक गुरुङले एक-एक गोलको योगदान दिए । टुडिखेलका प्रविन गुरुङ र सुदिप पाठकले दुई-दुई गोल गरेका थिए ।
त्यस्तै बुटवल खर्चटिकार एकेडेमीले पोखराको नागढुंगा क्लबलाई ५-० ले हराउन सफल रह्यो । खर्चटिकार एकेडेमीको जितमा सुजल राना र नमोज श्रेष्ठले दुईदुई गोल गरे भने कृष्ण रानाले एक गोल गरेका थिए ।
अन्य खेलमा आर टि ट्रेनिङलाई गार्डेन फुटबलले ४-० ले हरायो भने भद्रकालीले टुडिखेल बीलाई सोहि स्कोरले पराजित गर्यो । पोखराको संगम क्लबको आयोजनामा संचालन भएको उक्त प्रतियोगिता अन्तर्गत भोलि पहिलो चरणका अन्य ५ खेल हुने छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]