8 years ago
December 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दक्षिण एसियाली रोल बल च्याम्पियनसिप अर्काे साता राजधानीमा हुने भएको छ । आयोजक नेपाल रोल बल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस १४ र १५ गते हुने जानकारी गराएको हो ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कबर्डहलमा हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको सहभागिता पक्का भइसकेको तर भुटान र माल्दिभ्सको भने टुंगो लाग्न बाँकी रहेको संघका अध्यक्ष वीर कृष्ण महर्जनले जानकारी गराए ।
च्याम्पियनसिपमा सार्क राष्ट्रका १८२ खेलाडी र ३० अफिसियल गरी २१२ जनाको उपस्थिति रहने छ । विश्व रोल बल च्याम्पियनसिपमा नेपालले पुरुषतर्फ ४ र महिलातर्फ ३ पटक सहभागिता जनाइसकेको छ । सन् २०१७ मा बंगलादेशमा सम्पन्न चौथो विश्व रोल बल च्याम्पिनसिपमा नेपाल पुरुषतर्फ पाँचौं र महिलातर्फ सातौं स्थान ओगट्न सफल भएको थियो ।
रोल बल च्याम्पियनसिपमा नेपालका लागि पुरुषतर्फ कप्तान मनोज बज्रचार्य हुने छन् । त्यस्तै, अन्य खेलाडीमा सजिव महर्जन, आसय बिसी, अभिषेक मानन्धर, नियोन न्यौपाने, मनिष रेग्मी, विरेन्द्र खतिवडा, सतिश श्रेष्ठ, विशाल सापकोटा, अजय मगर, हुमांसङ गुरूङ र मुनाल भारती रहेका छन् ।
त्यस्तै, महिलातर्फ कप्तान मनिशा थापा, रोश्मा श्रेष्ठ, पासाङ शेर्पा, सुनिता तामाङ, हिशी लामा, दिपुसा केसी, लिजा श्रेष्ठ, आस्था सिंह, मेरिना रेग्मी, अश्मिन लेखक, सुमन्ता खड्का र अक्षता श्रेष्ठ रहेका छन् । प्रतियोगिताको अनुमानित लागत करिब ४२ लाख रहेको संघले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]