default_image

8 years ago

December 29, 2017

मुवाँथाइका पदक विजेता सम्मानित

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाइ संघले पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मानित गरेको छ ।

संघले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्बोडियामा भएको फस्ट वल्ड कुम खेमर च्याम्पियनसिपमा पदक जित सफल दुई खेलाडीलाई जनही १०–१० हजार र सम्मान पत्रले सम्मान गरेको हो । सम्मानित हुनेमा प्रोफेसनलतर्फ अनिशा खड्का र एमेच्योरतर्फ राहुल थोकर लामा रहेका छन् ।

प्रोफेसनलतर्फ अनिशाले ६७ केजी तौल समूहमा कम्बोडियाका पुथ थावेलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी थिईन् । राहुल थोकर लामाले ५५ केजी तौल समूहमा कम्बोडियाका साम्नाङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएका थिए ।

डिसेम्बर ८ देखि १० तारिखसम्म कम्बोडियाको नोम्फेन शहरमा भएको च्याम्पियनसिपमा नेपालसहित ९ राष्ट्रको सहभागिता रहेको थियो । नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ससिन्द्र रञ्जित र सोनाम लेप्चा पराजित भएका थिए । टिम प्रशिक्षकमा मुवाँथाइका अध्यक्ष गणेशलाल कक्षपति रहेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.