default_image

8 years ago

December 29, 2017

बृहस्पति विद्यासदन वाकाथन र रोडरेस भोलि

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्यासदनको आयोजनामा शनिबार वाकाथन तथा रोड रेस च्याम्पियनसिप हुने भएको छ । आयोजक बृहस्पति विद्यासदनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले वाकाथन र रोड रेस च्याम्पियनसिप गराउने जानकारी गराएको हो ।


रोड रेस तीन चरणमा हुनेछ । पहिलो चरणमा कक्षा ८ देखि १२ कक्षासम्मको, दोस्रो चरणमा कक्षा ६ र ७ को तथा तेस्रो चरणमा वाकाथन हुनेछ । वाकाथनमा जुनसुकै खेलाडीले पनि सहभागिता जनाउन पाउनेछ ।

बृहस्पतिका प्राध्यापक सुमन थिङ लामाले ‘क्लिनर नेभरहुड’ अर्थात आफ्नो टोल र छिमेक सफा राखौं र सुरुवात आफैंबाट गरौं भन्ने नारालाई आत्मसात गर्ने उद्देश्यले ३ किलोमिटरको रोडरेस र ५ किलोमिटरको वाकाथन आयोजना गर्न लागिएको बताए । सबै स्पर्धामा गरेर करिब ५०० जनाले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

हरेक कक्षाका पुरुष र महिला विजेता छुट्याइने छन् । उनीहरुले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । रेस बालमन्दिरबाट सुरु भएर भगवती बहाल, सानो गौचरन, कालोपुल, सिफल, चावहिल, गणेशथान, भत्केको पुल, हाँडीगाँउ, विशालनगर र भाटभटेनी हुँदै बालमन्दिर गेटमा आएर सकिनेछ ।

वाकाथन भने बालमन्दिरबाटै सुरु भएर विशालनगर हुँदै टुडाल देवी, बालुवाटार, चिनियाँ दुतावास हुँदै भाटभटेनीमा आएर सकिनेछ । प्रतियोगिताको लागि करब ५ लाख बजेट खर्च हुने आयोजकले जनाएको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.