default_image

8 years ago

January 5, 2018

आयोजक सदूरपश्चिमको विजयी शुरुवात

158 views

0 Bookmark

विवेक सुवेदी

धनगढी – आयोजक सुदूर पश्चिम–११ स्पोर्टस क्लबले मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

तस्बिर – विवेक सुवेदी / हाम्रो खेलकुद

धनगढी रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंको च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा आयोजकले बाजी मार्यो । सुदूरका नरेनद्र चौधरी, राकेश हमाल, जीवन चौधरी, चेतन थारु र विनोद केसलिे गोल गर्दा च्यासलका बुद्ध लामा, तेज तामाङ, दिनेश राजवंशी र विशाल श्रेष्ठले गोल गर्न सक्दा सुमन लामाको प्रहार सुदुरका गोलरक्षकले रोकेका थिए ।

यसअघि प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा दुवै टोलीले १–१ गोल गर्दै बराबरी खेलेका थिए । विदेशी खेलाडी सेगुनको गोलबाट च्यासलले ७१ औं मिनेटमा अग्रता बनाएको थियो । सुदूरका विनोद केसीले ८५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । जितसँगै सुदूर पश्चिम प्रतियेगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगित अन्र्तगत शनिबार समूह ‘ए’ कै सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ ।

११ दिनसम्म खप्तडमा चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौ, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् । थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’मा छन् ।

प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् । त्यस्तै टिकट काटेर खेल हेर्न आएका दर्शकहरुमध्ये गोलाप्रथामार्फत हरेक दिन मोबाइल उपहार पनि रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आइस ब्राण्ड रहेको छ भने सह प्रायोजक नेपाल टेलिकम र जगदम्बा पाइप रहेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै डा. आरजु देउवाले सुदूरपश्चिम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका हिसाबले कुनै क्षेत्र वा प्रदेश भन्दा कम नभएपनि यहाँको खेलकुद विकासका लागि सरकारको ध्यान जति पुग्नु पर्ने हो त्यति पुग्न नसकेको बताईन् । ‘देशकै अहिले सम्मकै सफल खेलाडी ओलम्पियन दीपक विष्ट, ओलम्पियन निशा रावल, बक्सिङ खेलाडी विष्णु सिंह, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सरस्वती भट्टराई, स्वर्गिय भरत साउद जस्ता खेलाडी सुदूरपश्चिमका शान हुन् ।’ प्रतियोगिताको उद्घाटन गर्दै आरजु देउवाले भनिन्, ‘सेना, प्रहरी र एपीएफमा पनि यो क्षेत्रका थुपै्र खेलाडीहरु छन् । यसले पनि यो क्षेत्र खेलाडी उत्पादका हिसाबले कति महत्वपूर्ण छ भन्ने प्रष्ट हुन्छ ।’
उनले यो क्षेत्रमा सक्रिय राजनीतिक दल, संघ, संस्था, खेलप्रेमीले सुदूरपश्चिममा खेलाडी उत्पादनका लागि अझै प्रयास गर्नुपर्ने आवश्यकता रहेको र त्यसको लागि ढिलाई गर्न नहुने बताईन् ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लबले गत वर्षबाट खप्तड गोल्ड कपको आयोजना गर्नु र केहि वर्षयता सुदूरपश्चिम एकेडेमीले धनगढी प्रिमियर लिग क्रिेकट आयोजना गर्दा यो क्षेत्र ठूला प्रतियोगिता आयोजनाका लागि पनि सफल भएको प्रमाणित गरेको र यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास लिइन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.