8 years ago
January 7, 2018
लाहोर (हाम्रो खेलकुद) – पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको आइतबार औपचारिक रुपमा उद्घाटन भएको छ । गद्याफी स्टेडियमको अल हम्रा आर्टस् काउन्सिल एडिटरियममा एक भव्य समारोहका बीच पाँचौं संस्करणको एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको सुभारम्भ भएको हो ।
उद्घाटन समारोहमा पाकिस्तानको संस्कृति परम्परा झल्कने किसिमको प्रस्तुति प्रदर्शन गरिएको थियो । विश्वकपको शुभारम्भ दुबई र पाकिस्तानमा एकसाथ भएको थियो । दुवै देशमा भएको मार्चमास प्रत्यक्ष प्रशारण गरिएको थियो ।
पाकिस्तानमा भएको विश्वकप उद्घाटनको मार्चपासमा नेपालका कप्तान कृतन श्रेष्ठ दुवालले नेपालको झन्डा बोकेका थिए । नेपाली टोलीले मार्च पास गर्दा पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र समर्थकले भव्य स्वागत गरेका थिए । बंगलादेशका कप्तान तान्जिलुर रहमान र पाकिस्तानका कप्तान निसार अलिले आफ्नो देशको झन्डालाई बोकेका थिए ।
सो अवसरमा स्थानीय अशक्त बालबालिकाले विभिन्न किसिमका प्रस्तुति प्रस्तुत गरे । यस संस्करणको विश्वकप क्रिकेटको पहिलो खेल भने सोमबार आयोजक पाकिस्तान र बंगलादेशले लाहोरको गद्याफी स्टेडियममा तथा दुबईको अजमान ओभल क्रिकेट ग्राउन्डमा भारत र अष्ट्रेलिया बीच खेलिनेछ ।
नेपालले भने आफ्नो पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ । दोस्रो खेल १० जनवरीमा नेपालले बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ । ११ जनवरीमा भने नेपाल दुबई प्रस्थान गर्नेछ ।
१३ जनवरीमा दुबईको अजमान ओभल क्रिकेट ग्राउन्डमा तेस्रो खेल श्रीलंकासँग खेल्नेछ । १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग खेल्नेछ । लिगको अन्तिम खेलमा नेपालले १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो टोली अस्ट्रेलियाविरुद्ध आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।
फाइनल हुने स्थान यसअघि पाकिस्तान तोकिएपनि परिमार्जन भएको हो । भारत बाहेकको एसिया राष्ट्र विश्वकपको फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ । तर, अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ । फाइनल खेल १८ जनवरीमा दुबई अथवा पाकिस्तानको लाहोरमा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]