8 years ago
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आयोजनामा पहिलो संस्करणको एनप्याब्सन खेलकुद सप्ताह यही शनिबारदेखि हुने भएको छ ।
आयोजक एन प्याब्सनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ५ विधा समेटिएको खेलकुद सप्ताह गर्न लागेको जानकारी गराएको हो । खेलकुद सप्ताहमा फुटबल, सटपुट, १०० मिटर दौड, ४०० मिटर दौड रिले र ३ हजार मिटर दौड हुने एन प्याब्सन खेलकुद इन्चार्ज खड्क बहादुर बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा काठमाडौं जिल्लाका एनप्याब्सनसँग आबद्ध १ सय भन्दा बढी विद्यालयले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । फुटबलमा ५ फिट भन्दा मुनिका खेलाडिले मात्रै सहभागिता जनाउने छन् ।
खेलकुद सप्ताहमा फुटबल बाहेक अन्य चार विधाका खेलहरुमा हरेक विद्यालयबाट दुई जना छात्र-छात्रा छनोट भएर आउनेछन् ।प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । खेलकुद सप्ताह सानो गौचरनको खेल मैदानमा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]