default_image

8 years ago

January 12, 2018

सेनाका दिनेशले तोडे १९ वर्ष देखिको किर्तिमान

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १९ वर्षे कीर्तिमानलाई भंग गरेका छन् ।

सेनाका दिनेशले १०५ केजी तौल समूहमा स्नाचतर्फ १२१ केजी भार वहन गर्दै १९ बर्षअघि मदन शिवभक्तिले आठौं साफ गेम्समा राखेको १२० केजीको कीर्तिमा भंग गरेका हुन् । क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण जित्न सफल भए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार उचाले । स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य जिते । नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पोखराको उद्योग बाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजी माथिको तौलमा आफ्नै नाममा रहेको किर्तिमानलाई सुधार गर्दै स्वर्ण प्राप्त गरे । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा आफैंले राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे । दोश्रो स्थानका नेपाल प्रहरीका राजिव महर्जनले ९५ केजी भार बहन गरे ।

कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्य जिते । पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी भार वहन गरे । क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए । स्नाचमा दोश्रो स्थानमा रहेका प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्य जिते । कुलतर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य हात पारे ।

प्रतियोगिताको तेस्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे । उलने स्नाचमा १०५, क्लिन एण्ड जर्कमा १२७ केजी गरि कुलमा २३२ केजी भार बहन गरे । नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३, क्लिनमा ११७ केजी गरि कुलमा २१० केजी भार बहन गरे । चन्दले रजत पदक पाए । तेस्रो स्थानमा रहेका कञ्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५, क्लिनमा ११५ गरि कुल २०० केजी भारका साथ कास्य जित्न सफल भए ।

यस्तै पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहल बहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा स्वर्ण जित्न सफल भए । उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे । टहलले स्नाचमा रजत पाए । उनले स्नाचमा ९० केजी मात्र भार बहन गर्दा नेपाल प्रहरीका श्रीकृष्ण महर्जनले स्वर्ण जिते । महर्जनले स्नाचमा १०० केजी भार बहन गरे । महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए । भक्तपुरका जयदी कोजुले कास्य पाए । कोजुले स्नाचमा ८१ केजी, क्लिनमा ११० गरि कुल १९१ केजी भार बहन गरे ।

च्याम्पियनसिपमा नेपाली सेनाका कमल बहादुर अधिकारीले पुरुषतर्फको स्ट्रङगेष्ट र उत्कृष्ट लिफ्टर खेलाडीको उपाधि जित्न सफल भए । यस्तै महिलातर्फको स्ट्रङगेष्ट खेलाडीमा नेपाल प्रहरीकी तारादेवी पुन र उत्कृष्ट लिफ्टर खेलाडीमा नेपाली सेनाकी सञ्जु चौधरी रहे । विजयी प्रत्येक खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

यसै गरि राष्ट्रिय किर्तिमान कायम गर्न सफल खेलाडीहरुले पनि नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा सात राष्ट्रिय किर्तिमान कायम भएको थियो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, पूर्व उपाध्यक्ष सीताराम मास्के, नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन कुमार टण्डन, ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्ग, एसएसपी तथा खेलाडी अशोक सिंह लगायनले पुरस्कार वितरण गरेका थिए ।

तीन दिने प्रतियोगितामा तीन विभागिय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.