default_image

8 years ago

January 13, 2018

बार्सिलोनामा रक्षक मिनाको आगमन

191 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले नोउ क्याम्पमा कोलम्बियाको सेन्टर ब्याक येरी मिनालाई सार्वजनिक गरेको छ । २३ वर्षिय रक्षक मिनाले स्पेनिस क्लबसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् ।

ब्राजिलियन क्लब पाल्मरेजबाट १०.५ मिलियन पाउण्डमा बार्सिलोना भित्रिएका मिना अनावरण गर्ने क्रममा नोउ क्याम्पमा पहिलो पटक सबैलाई आश्चर्यमा पार्दै खाली खुट्टा पुगेका थिए ।

समर्थक माझ सार्वजिक रुपमा पहिलो पटक बार्सिलोनको जर्सीमा देखिएका मिनाले जुत्ता फुकालेर मैदानमा प्रवेश गरेका थिए । उनी बार्सिलोनाको इतिहासका पहिलो कोलम्बियन खेलाडी हुन् ।

कोलम्बियाको राष्ट्रिय टोलीबाट ६ खेल खेलेका सेन्टर ब्याकले ३ गोल गरेका छन् । ६ फुट ५ इन्च उनी आफ्नो अग्लो कदका लागि चिनिन्छन् । उनको सम्झौतामा १ सय मिलियन युरोको रिलिज क्लज तोकिएको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.