default_image

8 years ago

January 14, 2018

‘विवादास्पद गोलपछि खेलाडी नर्भस भए’ – सुदूरपश्चिमका प्रशिक्षक चन्द

143 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपमा आयोजक सुदूरपश्चिम ११ एपिएफसँग २-० ले पराजित भयो । सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले पहिलो गोलले सुदूरपश्चिमका खेलाडीलाई नर्भस बनाएको जनाएका छन् ।

५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे । त्यहि क्रसलाई सदुपयोग गरेका अन्जनले कुल फिनिस गर्दै एपिएफलाई अग्रता दिलाएपछि आक्रोशित दर्शकहरुले मैदानमा पानीको बोतल प्रहार गरेपछि खेल केहीबेर रोकियो ।

‘खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेको थियो । एपीएफले गोल गर्न सफल हुदा हामीले मौकाको सदुपयोग गर्न सकेनौ यो नै हारेको कारण हो ’ प्रशिक्षक चन्दले भने, ‘रेफ्रीले पनि ठुला टिमलाई बढी फेभर गरेर खेलाउदा खेलले अर्कै मोड लिन पुग्यो । पहिलो विवादास्पद गोलपछि खेलाडी नर्भस भएर खेले । तर, रेफ्रीको निर्णयलाई हामील मान्नुपर्छ ।’ उनले रेफ्रीले हामीले पाएको पेनाल्टी नदिदा पनि खेलले अर्कै मोड लिएको पनि बताए ।

सुदूरपश्चिमका प्रशिक्षक चन्द

जितपछि एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले घरेलु टिमसँग दवाबमा खेल्नु परेको र विस्तारै खेलमा लय समातेको बताए । उनले सेमिफाइनलमा फिनिसिङमा अझै केही समस्या रहेको र यसलाई सुधार गरेर उपाधि जित्ने लक्ष्य हेको बताए ।

‘हामीलाई फाइनलका लागि २४ घण्टाको आराम पनि छैन । यो प्रतियोगिता व्यवस्थापनको कमजोरी हो । तर, टाइसिट त्यही अनुसारको रहेकाले खेल्नैपर्ने बाध्यता छ,’ प्रशिक्षक महर्जनले खेलपछि भने, ‘हामी फिजिकल्ली भन्दा पनि मानसिक रुपमा तयार भएर खेल्नेछौं । आर्मीसँग सताक्षी गोल्डकपको हारेका थियौं , त्यसको बदला लिने लक्ष्यमा हुनेछौं ।’

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.