8 years ago
January 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी नेत्रहिन एकदिवसीय विश्वकप प्रतियोगितामा नेपालले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ । यस जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य पनि गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले ३६.२ ओभरमा अलआउट हुनअघि २ सय ९६ रन जोडेको थियो । अष्ट्रेलियाका लागि ओपनर स्टेफन नेरोले सर्वाधिक ६३ रनको योग्दान दिएका थिए ।
त्यस्तै अर्का ओपनर लिन्से हेभनले पनि ३८ रनको राम्रो पारी खेले । मध्यक्रमका म्याट क्यामेरोनले पनि ६२ रन बनाउँदै अष्ट्रेलियालाई बलियो लक्ष्यतर्फ लगेको हो । यसैगरी ड्यानियल प्रिचर्डले अन्त्यतिर आउँदै ४० रनको पारी खेलेका थिए ।
बलिङतर्फ नेपालका लागि दुर्गा दत्त पौडेलले ३ विकेट लिन सफल भएका थिए भने भरत थापा र विक्रम बहादुर राणाले एकएक विकेट लिए ।जवाफमा नेपालले २ सय ९७ रनको लक्ष्य ३६.२ ओभरमै पुरा गर्यो । नेपालका लागि पदम बदैलाले १ सय २५ रनको शानदार पारी खेले ।
उनले ७६ बलको सामना गरेका थिए भने उनको पारीमा १४ चौका सामेल थिए । यसैगरी नेपालका लागि रमेश बानियाले ४७, खिमानन्द गैरेले १७, नरेश थारुले ३६ र बद्रि चौलागाईंले ३५ रनको महत्त्वपूर्ण पारी खेलेका थिए ।
यसैगरी यस प्रतियोगिताको अन्त्यसँगै नेपाली टोलीका महत्त्वपूर्ण सदस्यद्वय कप्तान किर्तन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानाले सन्यासको घोषणा गरेका छन् । विक्रम र किर्तनले नयाँ युवा खेलाडीलाई अवसर दिन आफूहरुले सन्यास लिएको बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]