8 years ago
January 19, 2018
अमृत चिमरिया
हेटौंडा – मकवानपुर फुटबल संघको अध्यक्षमा एफसी पोतालाका टिका लामा निर्विरोध निर्वाचित भएका छन् । आज हेटौंडामा भएको अधिवेशनले लामाको अध्यक्षतामा नयाँँ कार्यसमिति निर्माण गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा पिप्ले युवा क्लबका सुविन घिमिरे र द्वितिय उपाध्यक्षमा महाबिर क्लबका अजय मानन्धर चयन भएका छन् । अधिवेशनले सदस्यहरुमा युनाल मल्ल, अमृत लुङ्वा, युवराज लामा, अतुल बर्मा, सन्तोष राई र राजकुमार श्रेष्ठलाई चयन गरेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले वर्तमान अध्यक्ष टिका लामालाई बधाई ज्ञापन गर्दै आफुले सकेको सहयोग गर्ने बताए । मकवानपुरको फुटबल विकासमा नयाँँ कार्यसमितिको भुमिका महत्वपूर्ण हुने भन्दै उनले कार्यसमितिलाई तीता मिठा कुराहरुलाई भुल्दै फुटबल विकासमा अघि बढन अनुरोध समेत गरे ।
कार्यक्रममा बोल्दै निर्वाचित अध्यक्ष लामाले आफुहरु निवर्तमान अध्यक्षको साथ र सहयोगमा अघि बढ्ने बताए । मकवानपुरको फुटबललाई विकास गर्नको लागि अधिकतम प्रयास आफुहरुको रहने उनको भनाई रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले फुटबल खेल निकै लोकप्रिय रहेको अवस्थामा फुटबल संघको भूमिका पनि निकै महत्वपूर्ण हुने बताए । आज बिहान सात बजेबाट भएको अधिवेशन निकै तनावको बिच साँझ ७ बजे मात्र सम्पन्न भएको हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]