default_image

8 years ago

January 21, 2018

झापा स्पोर्ट्स अवार्डमा विशाल र रुविना उत्कृष्ट वर्ष खेलाडी

138 views

0 Bookmark

विर्तामोड (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबलर विशाल राई र क्रिकेटकी रुविना क्षत्रीले वर्ष उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् ।

फोटो: एनएसजेएफ झापा

नेपाल खेलकुद पत्रकार मंच झापाले आइतबार विर्तामोडमा आयोजना गरेको ‘झापा स्पोर्टस अवार्ड’ नेपाली फुटबलका मिडफिल्डर विशाल र नेपाली क्रिकेटकी कप्तान क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले उपाधिसंगै जनही १५ हजार पुरस्कार पनि जितेका छन् ।

युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङले जितेका छन् । त्यस्तै रमपम झापा ११ पिपुल च्वाइसतर्फ उत्कृष्ट टीम वन्यो । देवेन्द्रले फुटवलकै पूजन उपरकोटी र क्रिकेटकी सवनम राईलाई उछिन्दै पुरस्कार जितेका हुन् ।

पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक बने । गत वर्ष उनले आफ्नो टिमलाई चार वटा राष्ट्रिय स्तरका प्रतियोगितामा विजेता बनाएका थिए । कटुवालसँगै उत्कृष्ट प्रशिक्षकमा झापा ११ का संजय राई र करातेकी सीता राई मनोनयनमा परेका थिए ।

उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, साहरा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरी, एन्फा झापाका अध्यक्ष भगिरथ आले मामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले जनही नगद १५ हजार पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए । नगद पुरस्कार एन्फाका केन्द्रीय सदस्य नेम्वाङले दिवंगत भाइ फुटबलर आषिश विक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।

सोही अवसरमा झापा ११ का खेलाडीदद्वय योगेश गुरुङ र देवेन्द्र तामाङलाई क्रमशः निगाले सिमेन्टका संचालक होम पाण्डे र साहरा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरीले एक वर्षका लागि झापा ११ मा अनुबन्धनको घोषणा गरेका छन् । दुवै खेलाडीहरुलाई मासिक रुपमा २५-२५ हजार मासिक पारिश्रमिक दिने उल्लेख छ ।

सो अवसरमा प्रमुख अतिथि विष्टले खेलकुदको विकासका लागि स्पोर्टस अवार्डहरु कोसे ढुंगा सावित हुने बताएका थिए । खेलकुद पत्रकार मंच झापाका अध्यक्ष रमेश समदर्शीले आगामी दिनमा अवार्डलाई निरन्तरता दिइने बताएका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.