8 years ago
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपालको आयोजनामा ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता– क्यान कपमा तीन खेलमा प्रतिस्पर्धा हुने भएको छ ।
क्यान कपमा टेबलटेनिस, ब्याडमिन्ट र फुटसलमा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी गराए । प्रतियोगिता अन्तर्गत तीनदिने टेबलटेनिस सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । पुरुष सिंगल्स र डबल्स, ४५ वर्षमाथि भेट्रान पुरुष डबल्स र महिला डबल्समा प्रतिस्पर्धा हुनेछ ।
माघ १७ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने ब्याडमिन्टनमा पनि टेबलटेनिस मै समावेश स्पर्धामा प्रतिस्पर्धा हुनेछ । टेबलटेनिस र ब्याडमिन्टनको कुल पुरस्कार राशी पनि समान रहेको छ । दुवै खेलमा चारै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगदबाट पुरस्कृत गरिने छ । कुल पुरस्कार राशी समान ५४–५४ हजार रुपैयाँ रहेको आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।
त्यस्तै २३ पुरुष टिम सहभागी हुने फुटसल माघ १७ र १८ गते बानेश्वर फुटसल रिक्रिएसन सेन्टरमा हुनेछ । विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा विभिन्न २३ संस्थाबाट २६५ प्रतिस्पर्धी सहभागी हुनेछन् । आयोजकले जनाए अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख २२ हजार रुपैयाँ खर्च हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]