default_image

8 years ago

January 31, 2018

इकार्डि रियल अाउने सम्भावना बढ्दै

147 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)- स्पेनिस क्लब रियल म्याड्रिडले इन्टर मिलानका कप्तान माउरो इकार्डिलाई सान्टियागो बर्नाबाउमा ल्याउने प्रयास सफल हुने सम्भावना बढेको छ ।

इटालियन संचारमाध्यमले अर्जेन्टिनी फरवार्ड इकार्डीले अाफैं क्लबसामु रियल जाने इच्छा गरेको जनाएका छन् । जारी सिजनमा खराब प्रदर्शन गरिरहेको रियलको अाक्रमण निकै कमजोर रहेकाले क्लबले नयाँ खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ ।

उता इन्टरमा इकार्डीले राम्रो प्रदर्शन गरेपनि क्लबले अपेक्षाकृत नतिजा ल्याउन नसक्दा खेलाडीले रियल जान इच्छा देखाएका हुन् । इकार्डिलाई यसअघि पनि युरोपका ठूला टोलीबाट प्रस्ताव अाएको थियो । तर उनले इन्टरप्रति लगावका कारण क्लब छाड्न मानेका थिएनन् ।

अर्जेन्टिनाका राष्ट्रिय टोलीका प्रशिक्षक जोर्गे साम्पाअोलीले पनि इकार्डीले रियल जाँदा फाइदाजनक हुने बताएका छन् । २४ वर्षीय फरवार्ड रियल गएको खण्डमा विश्वकपमा अर्जेन्टिनालाई पनि सहयोग पुग्ने उनको बुझाइ छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.