8 years ago
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आयोजना गर्न लागेको एनएनआइपिए स्पोर्टस् अवार्ड दुई दिनपछि हुने गरी सरेको छ ।
एनएनआइपिएले शुक्रबार विज्ञप्ति जारी गर्दै अवार्ड कार्यक्रम प्राविधिक कारण दुई दिनपछि गराउने उल्लेख गरेको छ । यसअघि एनएनआइपिएले माघ २७ गते शनिबार टोखामा अवार्ड कार्यक्रम गर्ने जानकारी गराएको थियो । एनएनआइपिएले टोखामा सातौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुका साथै एकजना पाका खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी तथा नेपाली खेलकुदमा विशेष योगदान गर्ने एक खेल पत्रकारलाई एनएनआइपिए पत्रकारिता सम्मान गर्दैछ ।
नयाँ तालिका अनुसार पूर्ववत योजना अनुसार नै खेलाडी सम्मान कार्यक्रम माघ २९ गते हुनेछ । सम्मानित हुने सबै खेलका उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ । यसैगरी पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडी र एनएनआइपिए पत्रकारिता सम्मानबाट सम्मानित हुने दुईजनालाई सम्मान स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने छ । गजराज जोशी आदर्श खेलाडी र एनएनआइपिए पत्रकारिता सम्मानका लागि अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष दीपक थापा र एनएनआइपिएका निवर्तमान अध्यक्ष दिपक विष्ट सम्मिलित तीन सदस्यीय छनोट समिति गठन गरिएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]