default_image

6 years ago

February 10, 2018

प्रधान सेनापति खुल्ला म्याराथनमा कृष्ण च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत तेस्रो संस्करणको प्रधान सेनापति खुल्ला म्याराथनमा च्याम्पियन बनेका छन् । आर्मीका धावक बस्नेतले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै च्याम्पयन बन्न सफल भएका हुन् । पहिलो संस्करणका च्याम्पियन सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा पुरा गर्दै दोस्रो […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत तेस्रो संस्करणको प्रधान सेनापति खुल्ला म्याराथनमा च्याम्पियन बनेका छन् ।

आर्मीका धावक बस्नेतले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै च्याम्पयन बन्न सफल भएका हुन् । पहिलो संस्करणका च्याम्पियन सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा पुरा गर्दै दोस्रो भए । नेपाली सेनाकै राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हात पारे । च्याम्पियन बनेका बस्नेतले प्लसर मोटर साईकल र १ लाख रुपैया प्राप्त गरे । दोस्रो देखि छैटौं हुन सफल धावकहरुले क्रमशः ५० हजार, २५ हजार, १५ हजार, ७ हजार, र ५ हजार प्राप्त गरे ।

२१ किमि महिलातर्फ आर्मीकै विश्वरुपा बुढा च्याम्पियन बनिन् । विश्वरुपाले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १९.५ सेकेण्डमा पुरा गरिन् । आर्मीकै रेशु बस्नेतले १ घण्टा २२ दशमलव ४३ सेकेण्डमा पुरा गदै दोस्रो स्थान हात पार्दा एपीएफकी विन्द्रा धनके श्रेष्ठले १ घण्टा २३ दशमलव ०६ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो स्थान हात पारिन् । विश्वरुपाले एक थान स्कुटसहित २५ हजार रुपैया प्राप्त गरिन् । दोस्रो र तेस्रोले १५ हजार र १० हजार प्राप्त गरे ।

हाफ म्याराथनकै दुई विधा ४५ बर्ष मुनि सेनाका गजेन्द्र राज राई प्रथम, रामजी बस्नेत दोस्रो तथा सेनाकै कल्याण बानिया तेस्रो भए । ४५ वर्ष माथि भिम बहादुर गुरुङ पहिलो, कपिल भट्ट दोस्रो र दरिन बहादुर खड्का तेस्रो भए । दुवै विधाका पहिलो देखि तेस्रो हुनेले समान १५ हजार, १० हजार र ५ हजार रुपैया प्राप्त गरे ।

पुरुषतर्फको १० किमि दौडमा सेनाका राकेश नेपाली प्रथम, भुपाल अधिकारी दोस्रो र मधु थापा तेस्रो भए । महिलातर्फ करिश्मा प्रधान कुमाल, मिना कुमारी बस्नेत र रेखा अधिकारी क्रमश पहिलो देखि तेस्रो भए । छात्रतर्फको ५ किमि दौडमासैनिक आवासीय महाविद्यालय, सल्लाघारीका सुरेश थापा मगर प्रथम, ईश्वर बस्नेत दोस्रो र श्री सम्झना एकेडेमीका कृष्ण तामाङ तेस्रो भए । छात्रातर्फ मेगा नेशनल कलेजकी काजल बिष्ट प्रथम, श्री विजेश्वरी ज्ञान मन्दिरका सुनिता श्रेष्ठ द्वितिय र श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका स्वेच्छा बलामी मगरले तेस्रो भए ।

सोही अवसरमा एथलेटिक्सका ३ जना र भारत्तोलनका १ जना गरी ४ जना ओलम्पिकमा सहभागी जनाएका पूर्व खेलाडीहरुलाई सम्मानित गरिएको थियो । विजयी खेलाडीहरुलाई प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पुरस्कृत गरे । प्रतियोगितामा म्याराथन, हाफ म्यारथन विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरु सहितको नेपाली सेनाका अधिकृतहरुको १० कि.मि. दौड (महिला-पुरुष), विभिन्न विद्यालयका छात्र-छात्राहरुको ५ किलोमिटर दौड राखिएको थियो । सबै विधामा गरी करिव ३ हजारले सहभागिता जनाएका थिए ।

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

April 22, 2024

गल्कोटलाई नवौं सिल्भर रनिङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

Success

Thank you for your time.