default_image

8 years ago

February 12, 2018

बार्सिलोना घरेलु मैदानमा गेटाफेसँग रोकियो

136 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा गेटाफेविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ ।

गेटाफेले उत्कृष्ट डिफेन्स गरेपछि बार्सिलोनाले सन् २०१६ को नोभेम्बरयता पहिलोपटक घरेलु मैदानमा गोल गर्न सकेन । खेलमा दुई तिहाईभन्दा बढी समय बल राखेको बार्सिलोनाले पहिलो सट खेलको ५० अौं मिनेटमा प्रहार गरेको थियो । बार्सिलोनाले खेल अवधिभर ८ सट प्रहार गर्दा विपक्षी गोलरक्षकले ६ पटक बचाउ गरे ।

बार्सिलोनाका लागि नयाँ खेलाडी येरी मिनाले डेब्यु गरे । उनले खेलको अन्त्यतिर गरेको प्रहार गेटाफेका गोलरक्षक ले बचाउँदा पाहुना टोली अंक जोड्न सफल रह्यो । कोउटिन्हो ६२ मिनेट मात्र मैदानमा रहँदै बिर्सनलायक प्रदर्शन गरे । मेसी र सुअारेजले पनि खेलमा जादु देखाउन सकेनन् ।

यस बराबरीले बार्सिलोनाको शीर्षस्थानमा ७ अंकको अग्रता भएको छ । लिगमा अपराजित बार्सिलोनाले २३ खेलमा ५९ अंक जोड्दा एट्लेटिको ५२ अंकमा छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.