8 years ago
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्लम सकरको आयोजनामा हुने घरबार विहिन खेलाडीहरुको फुटबल प्रतियोगिता ‘इन्क्लुसन कप’ खेल्न नेपालको महिला र पुरुष टोली भारतको मुम्बई जाने भएको छ ।

१६ औं संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका १९ सदस्यीय नेपाली महिला र पुरुष टोलीलाई ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामगरले एक कार्यक्रमका बीच बिदाई गरे । पुरुष टोलीले चाइल्ड रिच र महिला टोलीले गो स्पोर्टस् नेपालको प्रतिनिधित्व गर्नेछन् ।
टोली बिहिबार मुम्वई प्रस्थान गर्नेछ । प्रतियोगिता फेब्रुवरी १८ बाट शुरु हुनेछ । फुटबल प्रतियोगिता फेब्रुवरी २० बाट २३ सम्म अधेरी स्पोर्टस् कम्प्लेक्स मुम्वईंमा हुनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा महिलातर्फ २४ र पुरुषतर्फ २४ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा भारतका विभिन्न राज्यका साथै बंगलादेश, भुटान, नेपाल र श्रीलङ्काको टोलीको सहभागिता रहनेछ । सोही अवसरमा प्रतियोगिताको लागि न्यु एज एजुकेशन कन्सलटेन्सीले ट्याकसुट हस्तान्तरण गर्यो । सिन्धु स्पोर्टस् र साइन एण्ड क्लिन सर्भिसेसले टि सर्ट प्रायोजन गरेको छ । गो स्पोर्टसले प्रतियोगिताको लागि ५० हजार रुपैया सहयोग गरेको छ ।
नेपाली महिला टोली
१.रन्जिता शाक्य
२.सुजिता गुरुङ
३.उजेली लामा
४. सुभद्रा खड्का
५.पुजा रानामगर
६. झरना राइं
७.युनिसा आचार्य
८. सरिता गौतम
९. राधिका शाक्य (प्रशिक्षक)
१०. माया लामा (म्यानेजर)
पुरुष टोली
१.फुर्वा लामा
२. पेम्वा लामा
३.साङ्गे स्याङ्वो
४.अजय थापामगर
५. दावा लामा
६.मनोज बलामी
७. शम्शेर तामाङ
८.प्रतिक स्याङतान (प्रशिक्षक)
९. रोशन श्रेष्ठ (म्यानेजर)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]