8 years ago
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदको लागि कर्माछिरिङ शेर्पा र मणि कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ ।
उम्मेदवारी दर्ताको अन्तिम दिन संस्थापन पक्षबाट एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र विद्रोही पक्षका कर्मा छिरिङ शेर्पाको मात्रै उम्मेदवारी परेपछि यी दुईबीच प्रतिस्पर्धा हुने भएको हो । शेर्पाले गत माघ २७ गते उम्मेदवारीको घोषणा गरेका थिए भने, मणि कुँवरले शुक्रबारै उम्मेदवारी घोषणा तथा दर्ता गरेका थिए । एन्फाको निर्वाचन चैत १४ गते हुदैछ ।
अध्यक्षका उम्मेदवार कुँवरलाई वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठको समर्थन छ भने, शेर्पाले कृष्ण थापा र एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरको समर्थन छ । यससँगै एन्फाले फेरि नयाँ नेतृत्व पाउने भएको छ । १० वर्षको प्रतिबन्धसहित २१ लाख जरिवाना खेपिरहेका तत्कालिन एन्फा अध्यक्ष गणेश थापाको बहिर्गमनसँगै एक वर्षअघि भएको निर्वाचनबाट कार्यवहाक अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका थिए । उपाध्यक्षमा मणि कुँवर विजयी भएका थिए ।
अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष कुँवरले फुटबल विकासको लागि आफूले उम्मेदवारी दिएको बताए । ‘म सबैको साझा उम्मेदवार हुँ, लोभ र लालचभन्दा माथि उठेर फुटबल विकासमा लाग्नुपर्छ । चार बर्षमा राम्रो एन्फा, हाम्रो एन्फा बनाउन मैले उम्मेदवारी दिएको हुँ ।’ उमेदवारी घोषणा गर्दै कुँवरले भने,‘एन्फालाई सुशासन, जवाफदेही बनाउने लक्ष्य छ । अनुभुतिले भरिपूर्ण र स्पष्ट एन्फा हुनेछ ।’
यस्तै नाताले भिनाजु पर्ने प्रतिबन्धित एन्फाका पूर्व अध्यक्ष गणेश थापाको बारेमा कुँवरले नातेदारको हिसावमा भेटघाट भइरहेको र एन्फाको निर्वाचनको विषयबाट उनी विशुद्ध रुपमा बाहिर रहेको बताए । ‘गणेश थापाले २२ वर्षसम्म नेतृत्वमा रहेर र त्यो भन्दा अघि राष्ट्रका लागि खेलेर नेपाली फुटबललाई योगदान दिएका छन् । हामीले गणेश थापाको राम्रो कुरालाई पनि अनुशरण गर्नुपर्छ ।’
कुँवरले भने, ‘म थापाको नातेदार हुदैमा एन्फा अध्यक्ष पदमा उठ्न नपाउने हो र ? नातेदारकै हिसावमा म उठेको हैन । म पनि २०५१ सालबाट फुटबलमा निरन्तर छु ।’यस्तै कुँवरले एन्फा अध्यक्षमा निर्वाचित भए आफ्नो कार्यकालमा खेलाडीले खेलेर, प्रशिक्षकले प्रशिक्षण गराएर र रेफ्रीले खेल खेलाएर बाँच्ने आधार बनाउदै एन्फाको हरेक निकायहरुलाई चलायमान बनाउने थपे ।
एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले पारिवारिक कारणले आफुले उमेदवार दिन नसकेको बताउदै एन्फाको अध्यक्ष पदको लागि कुँवर उपयुक्त व्यक्ति रहेको बताए । ‘पारिवारिक कारणले मैले यसपटक उम्मेदवारी दिइन । तर, म फुटबलबाट पलायन हुनेछैन ।’ अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो छलफलले नै कुँवरलाई अध्यक्षमा उठाउन निर्णय भएको हो । कुँवरलई मेरो पूर्ण समर्थन रहनेछ र उनको जित निश्चित छ ।’
यस्तै श्रेष्ठले थ्री स्टारको केसमा गम्भीर भुल गर्दा, समयमै निर्णय दिन नसक्दा र देश नै निर्वाचन मय भएका कारण हुन नसकेको ‘ए’ डिभिजन लिग गराउन नसकिएको स्वीकारे । ‘हामीले थ्री स्टारलाई फुटबलमा फर्काइसकेका छौं । अब मात्रै सेड्युलको मात्रै समस्या छ । यो पनि छिट्टै समाधान हुनेछ ।’
श्रेष्ठ भने, ‘जहाँसम्म अदृश्य शक्तिको कुरा आएको छ । यो कसरी आयो उनीहरुलाई नै थाहा होला । हामीमा यसको कुनै प्रभाव छैन । यसरी अदृश्य शक्तिको कुरा गरेको कसैलाई दोष दिएर पन्छिन खोज्नुभन्दा हिम्मत गरेर अघि बढ्न म आग्रह गर्दछु ।’ निरन्तर फुटबलमा लागिरहेका कर्मठ कुँवर गणेश थापाकै सालो भएर फाइदा भन्दा बेफाइदा भएको बताउदै म कुँवरको उम्मेदवारीमा पारिवारिक नेतृत्व नरहेको दावी गरे ।
४ उपाध्यक्ष पदको लागि ११ जनाको उम्मेदवारी परेको एन्फाका कार्यवहाक सिइओ सञ्जिव मिश्रले जानकारी गराए । उपाध्यक्ष पदको लागि मोहम्मद समिउल्लाह, पंकजविक्रम नेम्वाङ, राजेन्द्र न्यौपाने, किशोर राई, गणेश बाहदुर चन्द, विराटजंग शाही, सुनिल राणा, कृष्ण थापा, वीर बहादुर खड्का उपेन्द्रमान सिंह र अरुणमान जोशीले शुक्रबार उम्मेदवारी दर्ता गराए ।
यस्तै ११ सदस्य पदको लागि ३५ जनाको उमेदवारी दर्ता गरेको छ । एक महिला सदस्य पदको लागि रमा भट्टराई र पेमा लामाको उमेदवारी परेको एन्फाका कार्यवहाक सिइओ सञ्जिव मिश्रले जानकारी गराए । निर्वाचित कार्यसमितिले महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछन् । निर्वाचनमा २५ जिल्ला, ए, बि र सी डिभिजन क्लब तथा एन्फाका बिभिन्न समितिसहित ७७ कमिटिले मतदान गर्न पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]