8 years ago
February 20, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – आगामी वर्षको मंसिरमा नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र म्यास्कट (हात्तीको बच्चाको छावा) मंगलबार सार्वजनिक गरिएको छ ।
लोगो, गीत, नारा र म्यास्कट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले एक समारोहका बीच सार्वजनिक गरे । उक्त राष्ट्रिय खेलकुदको परिचयात्मक सामाग्री वरिष्ठ मूर्तिकार दीपक गौतम संगीतकार वसन्त सापकोटा र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयका सचिव इन्द्र कार्की सम्मिलित कार्यदलले बनाएको थियो ।
आठौँ खेलकुदको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ रहेको छ । सो अवसरमा बोल्दै सदस्यसचिव विष्टले खेलकुदबाटै नेपाललाई विश्वमा चिनाउन सकिने बताए । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले राष्ट्रिय खेलकुदलाई उपमहानगरपालिकाले सफल बनाउन उत्कृष्ट प्रयास गर्ने बताइन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं आठौँ खेलकुदका संयोजक विनोद मैनालीले निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्नका लागि अहिलेदेखि नै तयारी थालिएको जानकारी दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]