default_image

8 years ago

February 24, 2018

एक्सटेपले खोल्यो दरबार मार्गमा सोरुम, ज्ञानेन्द्रले गरे उद्घाटन

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज स्पोर्ट्स वेयर कम्पनी एक्सटेपले आज काठमाडौं स्थित दरबार मार्गमा सोरुम उद्घाटन गरेको छ । नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल र एक्सटेपका प्रतिनिधि जुवाङ चाओहुइले सोरुमको उद्घाटन गरे ।

करिब तीन वर्षदेखि नेपालमा खेलकुदका विभिन्न सामग्री विक्री गरिरहेको चाइनिज स्पोर्ट्स वेयर कम्पनी एक्सटेपले दरबार मार्गमा आफ्नै सोरुम खोलेको छ । एक्सटेपको आफ्नो सोरुममा जर्सी, जुत्ता, ज्याकेट लगायतका विभिन्न खेल सामग्री रहेका छन् ।

अबको दुई महिनामा राजधानीस्थित बौद्धमा पनि सोरुम खोल्ने प्रक्रिया अगाडि बढिरहेको एक्सटेपका सञ्चालक गणेश श्रेष्ठले बताए । उद्घाटन समारोहमा नेपाली क्रिकेट टोलीका युवा स्पिनर सन्दिप लामिछाने पनि उपस्थित थिए । एक्सटेपका ब्रान्ड एम्बेसडर फुटबल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगर हुन् ।

गत महिना पोखरामा सम्पन्न आहा रारा गोल्डकपमा एक्सटेपको सह-प्रायोजन पनि रहेको थियो । अन्य कम्पनीहरुको सहयोगमा एक्सटेपले अहिले देशभरी १ सय भन्दा बढी ठाउँहरुमा आफ्नो उत्पादन विक्री गरिरहेको छ । आफ्नो सामग्री सस्तो र गुणस्तरीय रहेको एक्सटेपका अर्का सञ्चालक बलराम सापकोटाले जनाए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.