8 years ago
February 28, 2018
चितवन (हाम्रो खेलकुद)- फिस्लिंगमा सम्पन्न भएको पर्वतिय खेलकुद महोत्सवअन्तर्गतको दोस्रो राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपमा प्याडल नेपाल ए टिम च्याम्पियन बनेको छ।
प्याडल नेपाल ‘ए’ ले अर्जेन्टिनाको अलुमाइन नदीमा नोवेम्बेर ४ देखि १० सम्म संचालन हुने विश्व र्याफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाउने छ । स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर गरी चार विधा समावेश च्याम्पियनसिपमा प्याडल नेपाल ‘ए’ ले सर्वाधिक ९१३ अंक प्राप्त गरेको थियो भने दोस्रो हुने फिस्लिंगले ८९५ तथा ७८६ अंक जोडेको नेपाल कायाक क्लब तेस्रो बन्यो।
नेपाल र्याफ्फ्टिङ तथा क्यानोइङ संघको आयोजनामा चितवनमा फिस्लिङमा भएको तीन दिने प्रतियोगितामा सात टोलीका १२ टिमका लागि १५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]