8 years ago
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन राेक्न अन्तरिम अादेश जारी गरेकाे छ ।
भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो ।
दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी दिएपछि, उनीहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।
यसअघि भक्तपुर जिल्ला फुटबल संघले सबै क्लबलाई समावेश नगरी निर्वाचन गर्न खोजेको भनेपछि जिल्ला अदालतमा विरोधी पक्षले उजुरी दिएका थिए । जसमा जिल्ला अदालतले सबैलाई समावेश गरेर निर्वाचन गर्न आदेश दिएको थियो । तर भक्तपुरले आफना निकटका क्लबलाई समावेश गरेर निर्वाचन गरेको थियो ।
असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले सुनुवाई गर्दै १५ दिन भित्र दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ ।एन्फाको अध्यक्षमा संस्थापन पक्षबाट मणि कुँवर र परिवर्तन धारबाट कर्माछिरीङ शेर्पाकाे प्यालन निर्वाचनमा प्रतिस्पर्धामा छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]