8 years ago
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राखेपका अध्यक्ष एवं नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई बधाई, स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।
मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, राखेपका सदस्यसचिव केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु, कर्मचारीहरु, राष्ट्रिय संघका पदाधिकारीहरु लगायतले खादा तथा माला लगाएर स्वागत गरेका थिए ।
स्वागतपछि कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले नागरिकको स्वास्थ्य र मानसिक विकासका लागि खेलकुद क्षेत्रको निकै नै महत्व रहेकोले सिंगो राष्ट्र र नागरिक स्वस्थताको लागि खेलकुद क्षेत्रलाई नै स्वस्थ र मर्यादित बनाउनु पर्ने बताए । उनले विगतका नकारात्मक कुराहरुबाट पाठ सिक्दै सकारात्मक कुराहरुलाई संस्थागत गर्दैै खेलकुद क्षेत्रको विकासमा अगाडी बढ्नुपर्ने समेत बताए ।
युवा तथा खेलकुद मन्त्रालय खेलाडी तथा खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने खालका कार्यहरु गर्न र ल्याउन अगाडी बढि सकेको बताए । राष्ट्र निर्माणको महान अभियानमा खेलकुद क्षेत्र पनि लाग्नुपर्ने भन्दै राष्ट्रको गरिमा र गौरव रहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को जिम्मेवारीलाई सबैले सामुहिक रुपमा संकल्प गर्दै त्यसलाई समयमा नै सम्पन्न गर्नेतर्फ अघि बढ्न निर्देशन दिए । उनले खेलकुद विकासका लागि भौतिक पूर्वाधारलाई अगाडी बढाउनु पर्ने भन्दै खेलकुद विकासका लागि कुनै किसिमको कसर बाँकी नराख्ने बताए ।
खेलकुद मन्त्रीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै सदस्यसचिव केशव कुमार बिष्टले आज निर्णय गर्ने, कार्य गर्ने, योजना बनाउने र बजेट प्रदान गर्ने सबै क्षेत्रमा पहुंच भएकोले आगामी वर्ष खेलकुद क्षेत्रलाई स्वर्ण युगमा पुर्याउन अगाडी बढ्ने बताए । खेलकुद क्षेत्रको विकासमा बजेटको अपुग रहेको भन्दै पर्याप्त बजेट प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताए । पूर्वाधारका कारण तेह्रौ सागलाई असर नपार्ने भन्दै सरकारको बजेट, इच्छा शक्ति र खेलकुद भित्रका एकबद्धताले मात्र प्रभावित हुने बताए । यसका लागि आफु सजग रहेको पनि बताए । बजेट अभाव नभएमा आठौं राष्ट्रिय खेलकुद समयमा नै सम्पन्न गर्दै नयाँ ईतिहास रच्ने बताए । उनले खेलकुदलाई नयाँ ढंगले अगाडी बढाउन खेलकुद ऐन पनि परिमार्जन गर्नु पर्ने भएकाले बृहत छलफलको आवश्यकता रहेको बताए ।
कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सम्पूर्ण राष्ट्रिय खेल संघका तर्फबाट माननिय सांसद एवं कबड्डी संघका अध्यक्ष तुलसा थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेलले आआफ्ना क्षेत्रमा भएका कमि कमजोरी तथा आवश्यकतालाई मन्त्री समक्ष प्रस्तुत गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]