8 years ago
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लब पुरुष क्लब रग्बी लिग उपाधिका लागि भिड्ने भएका छन् । नेपाल रग्बी संघको आयोजनामा बिहीबार मध्यपुर युथ क्लबको खेल मैदान भएको १५ ‘ए’ खेलमा मर्सीको मुख्य प्रायोजनमा रहेको गोर्खाली क्लबले धुलिखेलको आकाश भैरब क्लबलाई हराउँदै आर्मीसँगको भेट पक्का ग¥यो ।
मर्सी एजिुकेसनको मुख्य साथ पाएको गोर्खाली क्लबले पहिलो र दोस्रो हाफमा १–१ स्कोर गरेको थियो । गोर्खालीका कृष्ण क्षत्री र विराट श्रेष्ठले गरेको १–१ ट्राई (१० स्कोर) जितका लागि पर्याप्त रह्यो । दुवैले एकआपसमा ट्राइका लागि मद्दत गरेका थिए ।
युवा खेलाडीले भरिएको आकाश भैरबले गत वर्षको उपविजेता गोर्खार्लीलाई दुवै हाफमा कडा चुनौती दिए पनि स्कोर गर्न नसक्दा हार बेहो¥यो । यसअघि भएको पहिलो सेमिफाइन खेलमा आर्मीले हिमालयन टाइगर रग्बी क्लबमाथि २६–० स्कोर रवाफिलो जित निकाल्यो । त्यसक्रममा आर्मीले ४ ट्राई र ३ कनभर्जन किक प्रहार गरेको थियो ।
पहिलो हाफमा कडा चुनाती दिएको हिमालयन टाइगर दोस्रो हाफमा केही कमजोर देखिएको थियो । रग्बी लिगमा युएई रग्बी फेडेरेसनका अन्तर्राष्ट्रिय रेफ्री फ्याबियन जुरिइज मुख्य निर्णायकमा रहेका थिए । प्रतियोगिताको उपाधि र तेस्रो स्थानका लागि शनिबार प्रतिस्पर्धा हुने संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिता उद्घाटन पूर्व गृहराज्यमन्त्रि श्याम श्रेष्ठले गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]