default_image

8 years ago

March 23, 2018

ओलम्पिक कमिटि र राखेपबीच एसियन गेम्स तयारीबारे छलफल

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीच आसन्न एसियन गेम्सबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको परिसरमा शुक्रबार भएको छलफलमा इन्डोनेसियामा हुने आसन्न एसियन गेम्समा नेपाली टिमको समयमै तयारी र प्रशिक्षणबारे छलफल भएको नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले हाम्रो खेलकुदलाई जानकारी दिए ।

‘नेपाल ओलम्पिक कमिटिले यसअघि मित्रराष्ट्र कतार, रसियाको ओलम्पिक कमिटिहरुसँग खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाइदिने विषयमा सम्झौता भएको थियो । आज त्यसै विषयमा छलफल भएको हो ।’ महासचिव शेर्पाले भने, ‘यस विषयमा सरकार र राखेपसँग सहकार्य गरेर अघि बढ्ने र अन्य मित्र राष्ट्र जापान र कोरियाको ओलम्पिक कमिटिसँग पनि प्रशिक्षणको लागि सम्झौता गर्न पहल गर्ने विषयमा पनि छलफल भएको छ ।’

यस्तै महासचिव शेर्पाले एसियन गेम्स आउन पाँच महिना पनि बाँकी नरहेको अवस्थामा खेलहरु र खेलाडीको सङ्ख्या टुङ्गो लगाएर तत्काल प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको बताए ।

महासचिव शेर्पाले सातदोबाटोमा रहेको ओलम्पिक कमिटिको भवन हाम्रै सम्पति रहेको बताए । ‘कानुनी राज्यमा हामीले कानुन मान्नुपर्छ । कानुन नमान्नुको विकल्प छैन ।’ शेर्पाले भने ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.