default_image

8 years ago

March 30, 2018

नेपाली फुटबलले अन्तिम मौका पाएको छ – शेर्पा

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – परिवर्तन पक्षधरबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षका उमेदवार कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट अन्तिम मौका पाएको बताएका छन् ।

निर्धारित समय चैत १४ मा एन्फा निर्वाचन हुन नसकेपछि र त्यसपछिको पछिल्लो प्रगतिबारेको समिक्षात्मक कार्यक्रममा बोल्दै अध्यक्षका उमेदवार शेर्पाले नेपाली फुटबलले अन्तिम मौका पाएको बताएका छन् । निर्धारित समयमा निर्वाचन गराउनका लागि फिफा र एएफसीको टोली नेपालमा अध्ययन गर्न आएको थियो । उनले बैशाख ९ गते एन्फाको निर्वाचन गर्न माग पनि गरे ।

‘हाम्रो अनुरोधमा नेपाली फुटबललाई लाग्न सक्ने प्रतिबन्ध अहिलेको लागि टरेको छ ।’ एन्फाको विधान अनुसार ४ वर्ष ६ महिनासम्म पनि चुनाव नभएको अवस्थामा स्वतः अबैधानिक हुने प्रावधान छ, त्यसबाट जोगिन पनि बैशाख ६ गतेको आसपासमा निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । पत्रकार सम्मेलनका शेर्पाले भने, ‘हामीले दुई जिल्लाको फुटबल संघको विवाद समाधान गर्ने र एन्फाको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने एएफसी प्रतिनिधिलाई वाचा गरेका छौं । सम्भवतः २३ चैत र २७ चैतमा दुई जिल्लाको निर्वाचन सकिनेछ । त्यसपछि वैशाख ६ देखि ९ गतेको लागि एन्फा निर्वाचनको मिति तोक्नेछौं ।’

अध्यक्षका उमेदवार शेर्पाले भक्तपुरका तीन क्लबले भक्तपुर जिल्ला फुटबल संघविरुद्ध हालेको मुद्धा फिर्ता लिएसँगै नयाँ वातावरण सिर्जना भएको बताए । शेर्पाले भने ‘हामीले तीन चारदिनको समय लगाएर भक्तपुरको विवाद समाधान गरेका छौं । भक्तपुरको विवाद अन्त्यसँगै एन्फाको निर्वाचन निर्धारित मितिमै हुन नसकेपनि अब हुने निर्वाचनमा कसैले पनि रोक्न सक्दैन ।’

शेर्पाले भने, ‘फिफा र एएफसीको प्रतिनिधिसँगको भेटमा हामीले एकपटक मौका दिन आग्रह गर्दा उनीहरु सकरात्मक देखियो । नेपाली फुटबल प्रतिबन्ध होस् नै भन्ने चाहनेहरु रहेको अवस्थामा पनि हामीले अन्तिम पटकको मौका पाएका छौं । यो मौकालाई सदुपयोग गर्न सकिएन भने नेपाली फुटबल प्रतिबन्धमा पर्ने पक्का छ ।’

यस्तै शेर्पाले  निर्वाचन रोकिएपनि साधारण सभा किन रोकियो भन्नेमा गुनासो पोखे । उनले थपे‘हामीले उच्च अदालतको नियमलाई मान्नै पर्छ । तर, उच्च अदालतले निर्वाचन नगराउनु मात्रै भनेको छ । साधरणसभामा निर्वाचन मात्र महत्वपूर्ण विषय थिएन । फुटबल सम्वन्धीका अन्य एजेण्डाको विषयमा पनि छलफल हुने थियो ।’

शेर्पाले भने, ‘एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ साधारण सभा गराउन सकरात्मक देखिनु भएको छ । निर्वाचन चाडोभन्दा चाडो सम्पन्न गराउन हामीले माग गरेका छौं । मिति तोकेर त्यही अनुसारको रोडम्याप कार्यन्वयन गर्ने विषयमा मौखिक सहमति भएको छ ।’ यस्तै शेर्पाले जुन अवस्थामा एन्फाको निर्वाचन रोकिएको छ, त्यही अवस्थाबाटै कार्यतालिका पनि अघि बढ्ने बताए ।

पत्रकार सम्मेलनमै परिवर्तन पक्षधरबाट उपाध्यक्षका उमेदवार बनेका किशोर राईले आफ्नो उमेदवारी फिर्ता भएको घोषणा गरे । यससँगै परिवर्तन पक्षधरबाट उपाध्यक्षको उमेदवारमा पंकज नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्ण थापा र वीरबहादुर खड्का रहेका छन् । एन्फाको अध्यक्षका लागि कर्माको प्रत्यासीका रुपमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.