default_image

8 years ago

April 1, 2018

पारस पनि आइपिएलमा आबद्ध !

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइपिएल खेल्ने दोस्रो नेपाली खेलाडी हुने भएका छन् । उनलाई साविक विजेता मुम्बई इन्डियन्सले हिजो राति आफ्नो टोलीमा समावेश गरेको हो ।

पारस अघि दिल्ली डेयरडेभिल्सले नेपालका स्पिनर सन्दिप लामिछानेलाई आबद्ध गरेको थियो । कप्तान पारसले गत महिना सञ्चालित आइसीसी विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २ सय ३१ रन बनाएका थिए । त्यसअघि डिभिजन-२ प्रतियोगितामा पारस सर्वाधिक सबैभन्दा बढी रन बनाउने खेलाडी थिए ।

मुम्बई इन्डियन्सले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ, “एसोसियट क्रिकेटमा पारस उत्कृष्टमध्ये एक खेलाडी थिए । अहिले पछील्लो १ वर्ष उनी करियरकै उच्च लयमा छन् । नेपालले अहिले एक दिवसीय मान्यता पाएको छ । यो यात्रामा पारसको भूमिका ठूलो छ । मुम्बई उनको ब्याटिङ मात्र होइन बलिङ, फिल्डिङ र खासगरी नेतृत्व क्षमताबाट प्रभावित भएको हो ।”

पारसले आफ्नो फेस्बुकमार्फत सो समाचारले आफू निकै खुशी रहेको र आउने दिनमा अझै राम्रो प्रदर्शन गर्न प्रोतसाहित बनाएको बताए ।पारसले आफ्ना समर्थक र मुम्बई इन्डियन्स टोलीलाई धन्यवाद व्यक्त गरे ।

हाम्रो खेलकुद डटकम पनि आफ्नो पाठकहरुलाई यस ‘अप्रिल फुल्स डे’ को समाचारमार्फत धन्यवाद व्यक्त गर्न चाहन्छ । ‘अप्रिल फुल्स डे’को शुभकामना!

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.