default_image

8 years ago

May 21, 2018

फिफा विश्वकप – २३ दिन बाँकी

160 views

0 Bookmark

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २३ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागी टोलीहरुलाई ८ समूहमा विभाजित गरिएको छ । प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।

१४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए ।

यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ ।

प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ ।

world cup

प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।

विश्वकपका लागि रसियाली सरकारले १० बिलियन डलर बराबरको बजेट तोकेको छ । जसमध्य आधा बजेट खेल पूर्वाधारको विकासमा खर्चिएको छ । विशेषत आवतजावतका लागि प्रयोग हुने प्लाटफर्म, विमानस्थल लगायतमा सरकारले बढी ध्यान पुर्याएको देखिन्छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.