default_image

8 years ago

May 25, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १९

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १९ मा रहेका छन् जर्मनीका स्टार खेलाडी थोमस मुलर ।

सन् २०१० विश्वकपका गोल्डेन बुट विजेता मुलर २०१४ विश्वकपका सिल्भर बुट विजेता हुन् । उनले दुवै विश्वकपमा ५-५ गोल गरेका थिए । २०१० को विश्वकपको उत्कृष्ट युवा खेलाडी पनि चुनिएका मुलर २०१४ को अल-स्टार ११ मा लियोनल मेस्सी र नेयमारसँगै अग्रपंक्तिमा परेका थिए ।

खेलमा आफ्नो फुर्तिका लागि चिनिने मुलर ३६ गोलसहित जर्मनीका लागि दशौं सर्वाधिक गोलकर्ता हुन् । त्यस्तै विश्वकपमा १० गोलसहित उनी प्रतियोगिताका आठौं सर्वाधिक गोलकर्ता हुन् ।

यस सिजन बायर्न म्युनिख र जर्मनीका लागि कुल ४८ खेलमा सहभागी हुँदै मुलरले १६ गोल र १६ असिस्ट गरे । यस सिजन बायर्न म्युनिखबाट लिग जितेका उनी लिगमा सर्वाधिक असिस्ट गर्ने खेलाडी पनि हुन सफल भए ।

Muller

यस विश्वकपमा उनको भूमिका गोल गर्ने र गोल सिर्जना गर्ने तिर उत्तिकै केन्द्रित हुने छ । उनी मुख्य स्ट्राइकर, सेन्ट्रल मिडफिल्ड वा दायाँ विङमा खेल्न सक्छन् । उनको यस बहुआयामिक भूमिकाले जर्मन टोलीलाई छुट्टै स्वतन्त्रता र लचकता दिएको पनि छ । उनी मिडफिल्ड वा विङमा खेले आरबि लेपजेगका टिमो वेर्नरले अग्रपंक्तिको भूमिका सम्हाल्न सक्ने छन् ।

विश्वकपमा मुलरको प्रदर्शन सधै प्रभावशाली रहेकोले उनी जर्मनी टिम र प्रशिक्षक जोकिम लोका भरपर्दो पात्र हुन् । यस वर्ष साविक विजेता जर्मनीले आफ्नो उपाधि रक्षा गर्ने हो भने मुलरको भुमिका पुन: निकै महत्त्वपूर्ण हुने छ ।

हेर्नुहोस् जर्मनीको प्रारम्भिक विश्वकप टोली ।

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर २०

 

 

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.