8 years ago
May 25, 2018
मस्को (एजेन्सी) – साविक विजेता जर्मनीका प्रशिक्षक जोकिम लोले टोलीका नम्बर १ गोलकिपर म्यानुयल नोयरले टोलीमा स्थान बनाउन आफ्नो फिटनेस सावित गर्नुपर्ने बताएका छन् । नोयर सेप्टेम्बरदेखि घाइते रहेका छन् ।
नोयरको फिटनेसबारे बोल्दै लोले बताए,” उनले प्रशिक्षण पुरा गर्नु पर्ने हुन्छ र केही समस्या नभएको विश्वास दिलाउन पर्ने हुन्छ । बायर्नसँग उनले अन्त्यतिर साधारण तरिकाले नै प्रशिक्षण त गरेका थिए ।”
लोले थपे,” उनी आफ्नो शतप्रतिशतमा छन् भने उनी टोलीमा अवश्य पर्नेछन् । अहिलेसम्म भने केही समस्या देखिएको छैन र गाह्रो उफ्राईहरुमा पनि उनलाई केही समस्या छैन । केही समस्या देखिए भने हामी विकल्प सोच्नेछौं ।”
नोयरले आफ्नो फिटनेस सावित गर्न सकेनन् भने उनको स्थानमा बार्सिलोनाका मार्क टेर स्तेन्घेन खेल्ने छन् । जर्मनी यस विश्वकपमा समूह ‘एफ’मा मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग रहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]