default_image

8 years ago

May 25, 2018

सहारा एकेडेमीलाई सहयोग गर्ने एन्फा उपाध्यक्ष थापाको प्रतिबद्धता

150 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले पोखरा लेखनाथ महानगरपालिकामा रहेको सहारा एकेडेमीलाई आवश्यक सहयोग गर्ने बताएका छन् । पोखराको वडा नम्ब १७ स्थित दोबिल्लामा रहेको फुटबल एकेडेमी अबलोकनका क्रममा शुक्रबार थापाले यस्तो वचन दिएका हुन् ।

एकेडेमी सञ्चालक संस्था सहारा क्लबका सल्लाहकार समेत रहेका पूर्व खेलाडी थापाले भने ,’ सहारा एकेडेमी देशकै नमुना एकेडेमी भएको छ, यसलाई दिगो रुपमा संचालन गर्न जसरी विभिन्न क्षेत्रबाट सहयोग आएको छ, यसमा हामी एन्फाले पनि केहि सहयोग गर्नेछ ।’

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक समेत रहेका थापाले आफ्नो तर्फबाट प्राविधिक ज्ञान सिप बाढ्न पनि तयार रहेको बताएका छन् । थापा एन्फाको गत महिना भएको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुद (साग तत्कालिन साफ) मा फुटबलमा नेपालले स्वर्ण पदक जित्दा थापा टोलीका सदस्य थिए ।

सो अवसरमा एन्फा कास्की का अध्यक्ष मीलन गुरुङ ले सहारा एकेडेमी पोखरा को गौरव भएको बताए । उपाध्यक्ष थापालाई सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्यले एकेडेमीमा स्वागत गरेका थिए । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालक रहेको महा–सचिव विश्वराज बरालले बताए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.