8 years ago
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप), युवा तथा खेलकुद मन्त्रालय र विभिन्न खेलकुद संघहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिन्दन गरेका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिहरुको उपस्थितमा राष्ट्रपति निवास शीतल निवासमा अभिनन्दन गरिएको हो ।

अभिनन्दन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम बोक्ने हुनाले खेलकुद राष्ट्रकै गहना रहेको बताइन । राष्ट्रपति भण्डारीले खेलकुदको विकासमा पूर्वाधार निर्माण अपरिहार्य रहेकाले त्यसमा ध्यान दिन पनि सुझाव दीईन् ।
खेलकुद मन्त्री विश्वकर्मा र सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रपति भण्डारीलाई संयुक्त रुपमा अभिनन्दन पत्र प्रदान गर्दा अन्य खेल संघले पनि मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री सुनारले खेलकुदको विकासमा मन्त्रालय सधैं सकरात्मक रहेको बताए । यसैगरि सदस्य सचिव विष्टले भने राष्ट्रप्रतिको खेलप्रतिको स्नेहको कदर गर्दै समग्र खेलकुद परिवारले यो अभिनन्दन गरेको बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]