7 years ago
June 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघ र निदान अस्पतालबीच सम्झौता भएको छ ।
सघं र अस्पतालबीच चार वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल खेलाडी तथा प्रशिक्षक संघको तर्फबाट अध्यक्ष महेश नेवा र अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले मंगलबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । सम्झौता आजैको मितिबाट लागु हुनेछ ।
सम्झौता अनुसार अस्पतालले सम्पूर्ण खेलाडी, प्रशिक्षक, राखेप कर्मचारी, परिवारका सदस्या र संघमा आवद्ध सबैको स्वास्थ्य उपचारमा ५ देखि २५ प्रतिशत सम्म छुट दिनेछ ।
सम्झौतापछि अस्पतालका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले देशको गहना खेलाडी तथा प्रशिक्षक संघसँग जोडिन पाउनु खुशी रहेको र छुट मात्र नभई नयाँ सम्वन्धको शुरुवात रहेको बताए । उनले अस्पताल नाफामुखी मात्रै नभई सामाजिक उत्तरदायित्वको भावनामा रहेको पनि थपे ।
संघका अध्यक्ष महेश नेवाले छुटका लागि सदस्य नबनेपनि सिफारिसको आधारमा छुट लिन सकिने बताए । ‘छुट लिन संघको सदस्यता लिनैपर्छ भन्ने छैन । सदस्यता लिए दुवैलाई राम्रो हुने हो ।’ अध्यक्ष नेवाले भने, ‘हामीले यसअघि पनि ब्लु क्रस अस्पतालसँग सम्झौता गरेका थियो । उनीहरुसँग पनि सम्झौता बाँकी छ । दुवैतिर गर्दा सबैलाई सहज हुने पनि हामीले विश्वास लिएका छौं ।’
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]