default_image

7 years ago

July 10, 2018

शरद अमेरिकामै, नेपाली टोलीमा छनोट चुनौतिपूर्ण

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने युरोपेली भ्रमणका लागि प्रशिक्षण थालिसकेको छ । प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लामले शुक्रबार २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । यद्यपि भ्रमणका लागि भने टोलीलाई छोट्याएर १४ सदस्यीय बनाइने छ ।

राष्ट्रिय टोलीबाट लामो समयदेखि मध्यक्रम सम्हालिरहेका शरद भेषावकर हाल अमेरिकामा छन् । नेपालले न २०१८ को सुरुआतमा खेलेको डिभिजन २ पछि अमेरिका पुगेका उनले विश्वकप छनोटका लागि अमेरिकाबाटै टोलीसँग मिसिएका थिए । त्यसपछि उतै रहेका उनले नेपाल फर्किएका छैनन् । पुत्रलाभ भएपछि श्रीमती निशा अधिकारीसँग अमेरिकामा रहँदै आएका शरद प्रशिक्षण सुरु भएसंगै नेपाल आउने चर्चा भने चलेको छ । अहिले उनले अमेरिकामै बसेर आफूलाई तयार गरिरहेको सामाजिक संजालमार्फत बताएका छन् । तर औपचारिक प्रतियोगितामा नभएर आफुलाई फिट राख्न उनले अभ्यास खेलमा मात्र सहभागिता जनाइरहेका छन् ।

शरदलाई नेपालका पूर्व प्रशिक्षक पुबुदु दासनायाकेको सहयोगमा वासिङ्गटन क्रिकेट लिगमा सहभागिता जनाउने मौका मिलेको हो । हाल यस लिगमा पूर्व पाकिस्तानी क्रिकेटर मोहमद आसिफ, सलमान बट, दक्षिण अफ्रिकी रस्टि थेरन, भारतका विपुल शर्मा लगायत खेलाडी खेलिरहेको शरदले जनाएका छन् । यद्यपि यो लिग औपचारिक लिग भने हैन ।

शरदले अमेरिकामै रहेर नेट सेसन र फिटनेस सेसन पनि लिइरहेका छन् । तर नेपाली टोली दिनहुँ कीर्तिपुरस्थित त्रिवी मैदानमा प्रशिक्षण गरिरहंदा शरद विदेशमै रहेर आफैं प्रशिक्षण गर्दा उनक स्तर मापन कसरि हुन्छ भन्ने प्रश्न उब्जिएको छ । हालको स्थितिमा मध्यक्रममा निकै प्रतिस्पर्धा बढेको र युवा खेलाडीले नियमित राम्रो प्रदर्शन गरिरहेको अवस्थामा शरदले टोलीमा पर्न मिहिनेत गर्नुपर्ने देखिन्छ । छनोट प्रतियोगिताको रुपमा लिइएको प्रधानमन्त्री कपमा सहभागिता नजनाउनु र यसअघि नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितापनि चोटका कारण नखेल्नुले शरदलाई यसपटक टोलीमा स्थान बनाउन थप मिहिनेत गर्नुपर्ने अपेक्षा गरिएको थियो ।

हाल नेपालको मध्यक्रममा युवा खेलाडी रोहित कुमार पौडेल र आरिफ शेखले नियमित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । घरेलु प्रतियोगितामा पनि राम्रो खेलेका उनीहरु दुइमध्य एक खेलाडी शरद खेलेको अवस्थामा बाहिर बस्नुपर्ने हुनसक्छ । नेपालले पहिलो वान डे अन्तर्राष्ट्रिय खेल खेल्दा उत्कृष्ट फर्ममा भएका खेलाडीलाई प्राथमिकता दिनुपर्ने समर्थकको पनि जोड रहेको छ । यसमा प्रम कपमा राम्रो ब्याटिङ गरेका हरि क्षेत्रीले पनि आफ्नो सम्भावना खोज्नेछन् ।

शरदले राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउन पनि अब मिहिनेत गर्नुपर्ने बेला आइसकेको छ । अमेरिकामा रहेर स्वयं प्रशिक्षण गरेको भरमा राष्ट्रिय टोलीमा स्थान बनाउन अब कठिन देखिन्छ । यसैपनि विवादित बन्दै आएको राष्ट्रिय टोलीको छनोटमा शरद थप विवादको पत्र बन्न पक्कै चाहदैनन् । शरद जस्ता स्तरीय खेलाडीले टोलीमा स्थान बनाउन कसरत गर्नुपर्ने पक्षले भने नेपाली क्रिकेट उन्नतिको पथमा अगाडी बढेको संकेत दिन्छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.