default_image

7 years ago

July 18, 2018

कोर्टुवा रियलमा गए चेल्सीले पिटरलाई अनुबन्ध गर्ने

324 views

0 Bookmark

लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले आफ्नो पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल म्याड्रिडमा अनुबन्ध भए आर्सनलका गोलरक्षक पिटर चेकलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।

कोर्टुवा रियालमा सरुवा नजिक रहँदा चेल्सीले आफ्नो पूर्व गोलरक्षक पिटर चेकलाई क्लबमा अुनबन्ध गर्ने तयारी गरेको हो । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनबाट कोर्टुवा चेल्सी फर्किएपछि चेक दोस्रो रोजाईमा सीमत भएका थिए  । त्यसपछि पछि उनी अर्काे लन्डन क्लब आर्सनलमा पुगेका थिए ।

यदि कोर्टुवा रियालमा पुगे चेल्सीले चेकलाई नै पहिलो प्राथमिकतामा राखेको छ । चेक सम्भव नभए चेल्सीले लेस्टर सिटीका कस्पर स्केमिचेल र ब्राजिल तथा इटालियन क्लब रोमाका गोलरक्षक एलिसन बेकरलाई अनुबन्ध गर्ने योजना बनाएको छ । तर, एलिसन लिभरपुलमा अनुबन्ध नजिक छ ।

रियालले रसिया विश्वकपका गोल्डेन ग्लोभ विजेता कोर्टुवालाई ३५ मिलियन पाउण्डमा चार वर्षको लागि अनुबन्ध गर्ने तयारी गरेको छ । कोर्टुवाले भने आफु चेल्सीमै खुशी रहेको बताएका छन् ।

‘विश्वकप दौरान नै मैले मेरो सरुवा सम्बन्धीका समाचारहरु आएको थियो । तर, अहिले र केही समयमा के हुन्छ, यसबारे मैले मेरो एजेन्टसँग निरन्तर सम्पर्क गरिरहेको छु ।’ कोर्टुवाले भने, ‘म यत्तिकै चेल्सी छाड्न चाहन्न ।’ चेल्सी र रियालबीच कोर्टुवा र इडेन हजार्डलाई सरुवा गर्ने सहमति भएको बुझिएको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.