7 years ago
July 26, 2018
लिभ्नो (एजेन्सी)– क्रोएसियालाई विश्व कपको फाइनल सम्म पुर्याएका प्रशिक्षक ज्लाट्को डालिकलाई बोसनियामा भव्य स्वागत गरिएको छ । स्थानिय फुटबल रंगशालामा मंगलबार साझ लिभ्नोमा जन्मेका उनको स्वागतमा कार्यक्रम आयोजना गरिएको थियो ।
हजारौंको संख्यामा रहेका समर्थकले उनलाई स्वागत गरेका थिए । गुमनाम ढंगले टोली लिएर रसिया पुगेका डालिक नायकका रुपमा स्वदेश फर्केका थिए । ५१ वर्षे डालिगको नेतृत्वमा सेमिफाइनलको थप समयमा इग्ल्यान्डलाई हराउँदै क्रोएसिया फाइनलमा पुगेको थियो ।
भ्नोका समर्थकलाई आफुलाई दिएको साथ प्रति उनले धन्यवाद दिए । क्रोएसियाली संगितकार मार्को प्रेकोभिकले कार्यक्रममा प्रस्तुती दिएका थिए । डालिक क्रोएसियाको फुटबलमा सधैका लागि सम्झने नाम बनेका छन् । नकआउट चरणाम डेनमार्क, आयोजक रसिया र इग्ल्यान्डलाई हराउँदै क्रोएसियाले फाइनल यात्रा तय गरेको थियो ।
फाइनलमा टोली फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । विश्व कप अघि कमैले चिनेका डालिक विश्व कप सकिदा विश्वकै दोस्रो उत्कृष्ट प्रशिक्षक बनेर फर्केका छन् । क्रोएसियाको हालको सम्झौता अझै दुई बर्ष बाँकी छ । यो पृष्ठभूमीमा उनको पारिश्रमिक पनि बढ्ने अपेक्षा गरिएको छ ।
‘तपाईलाई मन परेपनि नपरेपनि म अब विश्वको दोस्रो उत्कृष्ट प्रशिक्षक हु,’ उनले भने,‘ यस्तोमा बार्षिक ३.८ मिलियन पाउन्ड पारिश्रमिक विश्व फुटबलमा सानै हो । अब दुई वर्ष मेरो सम्झौता बाँकी छ । म टोलीसँग अझै लामो समय बस्न सक्छु । मार्चमा अमेरिका भ्रमणपछि म यो विषयमा निर्णय लिनेछु ’ फिफाले मंगलबार सार्वजनिक गरेको वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा डालिक पनि रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]