default_image

7 years ago

July 30, 2018

त्रिकोणात्मक श्रृखंलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल र नेदरल्याण्ड्स वर्षाले प्रभावित त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा संयुक्त रुपमा विजेता बनेका छन् । लर्डस् मैदानमा आइतबार तीनै खेल प्रभावित भएको श्रृखंलामा एक एक खेल जितेका नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता बनेका हुन् । श्रृखंलामा अर्को टोली मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सहभागी थियो ।

नेपाल र नेदरल्यान्ड्स दुवैले एमसीसीलाई हराएका थिए । लगातार बर्षा भएपछि सुरुवाती २ खेल ६/६ ओभरमा घटाइएको थियो । उद्घाटन खेलमा नेदरल्याण्डसले एमसीसीलाई १० रनले हराएको थियो । त्यसपछिको खेलमा नेपालले घरेलु टोलीमाथि ९ विकेटको सहज जित हासिसल गरेको थियो ।

तर, नेपाल र नेदरल्यान्ड्सबीच श्रृखंलाको अन्तिम खेल वर्षाका कारण पटक पटक रोकियो र अन्तमा रद्द गरिएको थियो । १८ ओभरमा घटाईएको खेलमा १६. ४ ओभर सकिदा भारी बर्षा भएपछि खेल रद्द गरिएको थियो ।टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा गरेको नेदरल्याण्ड्सले खेल रोकिनुअघि ४ विकेटको नोक्सानीमा १ सय ७४ रन बटुलेको थियो ।

अब नेपाली टोलीले नेदरल्याण्ड्ससँग दुईवटा एक दिवससिय खेल खेल्नेछ । बुधबार नेपाली टोलीका लागि महत्वपूर्ण दिन हुनेछ । त्यो नेपालको अन्तर्राष्ट्रिय डेब्यू वान डे हो । बुधबार र शुक्रबारको खेलपछि नेपाली टोलीका नियमित सदस्य शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन् । नेपालले झन्डै पाँच महिना अघि चार वर्षका लागि एक दिवसिय मान्यता पाएको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.