default_image

7 years ago

August 8, 2018

पोखरा रगंशाला कि भगंशाला ! खेल्ने की मेला भर्ने ?

133 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– पोखरा रंगशाला भित्र व्यापार गर्न स्विकृती दिएसँगै कास्की जिल्ला खेलकुद विकास समिति फेरि एक पटक विवादमा तानिएको छ । रंगशाला खेलाडी र खेलकुदका लागि भनिएपनि यसरी मेला आयोजना हुने भए पछि खेलसँग सम्बन्धितहरु रुष्ट भएका छन् । उनीहरुको भनाई छ,‘जुन ठाँउ जे प्रयोजनका लागि छ, त्यहि हुनुपर्दछ । त्यसको संरक्षण र विकास हुनु पर्छ ।’

फाइल तस्बिर

पोखरामा मेला महोत्सव गर्न नयाँबजारको प्रर्दशनी केन्द्र र अम्बरसिंह विद्यालयको मैदानमा हुँदै आएको छ । तर, आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्ने रकम अभाव भयो भन्दै समितिले नेपाल मेला महोत्सप संघलाई असोज २ गते देखि १२ दिनका लागि मेला आयोजना गर्न दिन रंगशाला दिन लागेको छ । मेला महोत्सवलाई तोकेकै स्थानमा आयोजना नगरी रंगशालामा छिराउनुमा रकम चलखेल भएको हो भन्ने शंका समेत गरिन थालिएको छ ।

खेलाडी छनोट गर्न २ लाख रुपैयाँ मेला आयोजक संस्थाले जिल्ला खेलकुदलाई सहयोग गरेको भन्दै दशैंको मुखैमा आयोजना गर्न लागिएको यो मेला खेलकुद समितिका पदाधिकारी र कर्मचारीका लागि कमाउने दाउ हो की भन्ने आशंका गरिएको छ ।

कहि रकमका लागि जिल्ला खेलकुदले रंगशालाई भंगशाला बनाउनेतर्फ लाग्नुलाई नेतृत्व क्षमताको अभावका रुपमा खेलाडीले लिन थालेका छन् । केहि अघि रङ्गशाला बाट ड्राइभिङ्ग सिकारु हटाउँदा असन्तुष्ट बनेका अध्यक्ष याम गुरुङ त्यति बेला खेलाडीको जोड बलका कारण पछि हटेका थिए । जिल्ला खेलकुदका कोषाध्यक्ष समेत रहेका कास्की खेलाडी संघका अध्यक्ष दिपक गोदार पनि मौन बस्दा अन्य व्यक्तिहरु हौसिएको मानिएको छ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले बारम्बार यस्तो मेला पोखरा रंगशाला भित्र हुन नदिन कडाई गर्दै आएका थिए । तर पौडेल केही महिनाको लागि देश बाहिर रहेको मौका छोपी जिल्ला खेलकुद मेला आयोजनाको स्वीकृति दिन आतुर देखिएको छ । क्षेत्रिय खेलकुदका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठ पनि मौन बसेका छन् ।

रंगशालामा खेलकुदको नाममा मेला आयोजना गर्न स्विकृत दिने संस्थामा पोखरा उद्योग वाणिज्य संघ पनि जोडिएको छ । कास्की जिल्ला प्रशासन कार्यालयले पनि खेलकुदको मर्मलाई बुझ्द भन्दा स्वीकृति दिन हतारिएको देखिन्छ । यो स्वीकृति प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढालाई पहिलो गाँसमै ढुंगा बन्ने सम्भावना छ । भर्खरै सरुवा भएर आएका प्रजिअ बुढा अब यहि कारण विवादमा तानिए भने आश्र्चाय हुने छैन ।

रंगशाला खेलाडीका लागि विश्वविद्यालय हो भन्ने कुरा लाई आत्मसात गर्न नसक्ने पोखरा लेखनाथ महानगर पालिका, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा उद्योग बाणिज्य संघ जस्ता कार्यालयहरुलाई समेट जिल्ला खेलकुदले मुछ्ने काम गरेको छ । खेलकुदको बस्तुस्थिती नबुझी सिधै तोक लगाउनु त्यसमा पनि ठूलै रकमको चलखेलनै हो की भन्ने आम खेलाडी र खेलप्रेमीको बुझाई छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले मात्र खेलकुदको मर्म बुझ्ने भन्ने रहेन । उनी व्यावसयिक भाषा बढी बुझ्छन । यता महानगरका मेयर मान बहादुर जिसी स्थानिय खेलकुदको जिम्मेवारी आफूमा रहे पनि कसले कहाँ के ग¥यो पत्तै पाउँदैनन् । मेयर जिसीले आफूलाई मेला राख्ने बारे केही जानकारी नरहेको र प्रजिअ संग बुझ्ने बताए ।

राष्ट्रिय खेलकुदका लागि आवश्यक खेलाडी छनोट गर्ने सम्पूर्ण रकम राष्ट्रिय खेलकुद परिषदले खेलाडीको सहभागिताको आधारमा रकम निकासा गर्छ । छनोटका लागि पोखरा लेखनाथ महानगरले पनि आर्थिक सहयोग गर्दै आएको छ । यो मेला दशैंको मुखमा आयोजना हुने भएकाले “दाम कमाउ दशैं खर्च निकाल” भन्ने बाहेक केही नभएको खेलाडीको बुझाई छ । जिल्ला खेलकुदको यो स्वीकृति दिने कामप्रति अधिकांश खेलाडी रुष्ट छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.