default_image

7 years ago

August 15, 2018

दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ शनिबार हुने

139 views

0 Bookmark

काठमाडौं ‌‌(हाम्रो खेलकुद ) –दोस्रो मिष्टर एभरेष्टराष्ट्रव्यापी बडिविल्डिङ च्याम्पियनसीप ने यही शनिबार हुने भएको छ ।

नेप्लिज फेडेरेशनअफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा हुने प्रतियोगितामा नेपालभरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने संघका उपाध्यक्ष दिनेश अमात्यले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराए । शुक्रवार प्रि जजिङ राउण्ड संचालन हुने र शनिवार फाइनल चरणको खेल राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालन हुनेछ । प्रि जजिङ राउण्डको खेल ह्वाइट फिल्ड स्कुल खुशीबुमा संचालन हुनेछ ।

प्रतियोगितामा मेन्स बडिविल्डिङ र मेन्स फिजिक्स तथा वुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मेन्स बडिविल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दामाथीको तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मेन्स फिजिक्सतर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरु विच प्रतिस्पर्धा हुनेछ ।

यता महिला फिटनेश तर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समग्र विजेताले तीन लाख रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न समुहका विजेतालाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी दिए । यसै प्रतियोगिता मार्फत पहिलोपटक नेपालमा आयोजना हुन लागेको मेन्स फिजिक्स र वुमेन्स फिटनेस इभेन्टसका विजेता खेलाडीले पनि नगद पुरस्कार पाउने बताइएको छ ।

अनुमानित ३० लाख रुपैया खर्च हुने सो प्रतियोगितामा सहभागी हुन काठमाण्डौ बाहिरबाट आउने खेलाडीलाई दैनिक भत्ताको पनि ब्यवस्था गरिएको आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने वल्र्ड च्याम्पियनसीपमा पनि सहभागीहुने अवसर प्राप्त गर्नेछन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.