default_image

7 years ago

August 15, 2018

एसियाडमा सात खेलबाट पदक – सदस्यसचिव विष्ट

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) -‌ हालसम्म नेपालले दुई संस्करणबाहेक सबै एसियन गेम्समा सहभागिता जनाएको छ । हरेक एसियन गेम्समा नेपालले सहभागिता जनाएपनि त्यो सहभागितामै सीमित बनेको छ । १८ औं संस्करण शुरु हुन लाग्दा नेपालले १५ संस्करणसम्म सहभागिता जनाउदा अहिलेसम्म १ रजत २२ कास्य गरी २३ पदक मात्रै जित्न सफल भएको छ । जुन सहभागिताको आधारमा ज्यादै न्युन हो ।

१९५४ मा फिलिपिन्सको मनिलामा र १९६२ मा इन्डोनेशियाको जाकार्तामा भएको प्रतियोगितामा सहभागिता जनाएको छैन । नेपालले पहिलो एसियाली पदक सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको संस्करणमा जितेको थियो । त्यसयता नेपालले जम्मा एक रजत र २२ कास्य गरी २३ पदकमात्र हात पारेको छ । नेपाललाई एकमात्र एसियाली रजत पदक जिताउने खेलाडी तेक्वान्दोकी सविता राजभण्डारी हुन् । तेक्वान्दोमा नेपालले १३ कास्य पनि जितेको छ । यस्तै बक्सिङमा ६ र करातेमा तीन कास्य पनि नेपाल भित्रिएको छ ।

इन्डोनेसियाको जाकार्ता र पालेङवाङ एसियाडमा नेपालले यसपटक २९ खेलमा सहभागिता जनाएको छ । जुन अहिलेसम्मकै सर्वाधिक धेरै सहभागिता हो । अघिल्लो संस्करणको एसियाडमा करातेकी विमला तामाङले कास्य पदक जित्दै नेपाललाई पदकविहिन हुनबाट जोगाएकी थिइन् । त्यसअघि चीनको ग्वान्जाउमा भएको संस्करणमा पनि बक्सिङका दिपक महर्जन नेपालका लागि पदक जित्ने एक्ला खेलाडी बनेका थिए ।
नेपाल एसियाडमा सहभागितामै सीमित बनिरहँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य केशव कुमार विष्टले यसपटक २९ खेलमध्ये सात खेलबाट पदक आउने दावी गरेका छन् । ‘जाकार्ता एसियाड सङ्ख्यात्मक हिसावमा ठुलो बनेको छ । तर, यसपटक अन्य एसियाडमा भन्दा पनि पदक सङ्ख्यामा वृद्धि हुनेछ ।’ सदस्य सचिव विष्टले बुधबार पत्रकार सम्मेलनमा भने, ‘विगतका एसियाडमा भन्दा यसपटकको एसियाडमा नेपालले राम्रो प्रशिक्षण गर्ने मौका पाएका छन् । २९ मध्ये १९ खेलले वैदेशिक प्रशिक्षणको मौका पाएका छन् । अन्य खेलले पनि नेपालमा राम्रै प्रशिक्षण गरेका छन् । त्यसैले यसपटक पदक सङ्ख्यामा उल्लेख्य वृद्धि हुनेछ ।’
सदस्य सचिव विष्टले यसपटक मार्सल आर्टस्का खेल (कराँते, तेक्वान्दो, उसु, जुडो), बक्सिङ, प्याराग्लाडिङ र स्केटबोर्डबाट पदक आउने दावी गरे । ‘नेपाली खेल इतिहासमा यसपटकको एसियाडका लागि खेलाडीले राष्ट्रिय टिममा निरन्तर प्रशिक्षण, अनि तीन महिनाको विशेष प्रशिक्षण गर्ने मौका पाएका छन् । खेलाडीहरुको खेलमा सुधार आएका छन् ।’ सदस्यसचिव विष्टले भने, ‘अन्य देशले पनि एसियाडका लागि राम्रै प्रशिक्षण गरेका होलान् । तर, यसपटक हाम्रो टिमले बढी प्रशिक्षणको मौका पाएका छन् ।

एसियाडका लागि २९ मध्य १९ खेलका खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा पठाइएको र उनीहरुको मेहनतले गर्दा पनि नतिजामा सकारात्मक प्रभाव पार्नेछ । त्यसैले हामीले पदकको अपेक्षा गरेका हौं ।’ यस्तै सदस्य–सचव विष्टले स्वर्ण पदकको अपेक्षा नरहेपनि यसपटक रजतपदक र कास्य जित्न खेलाडीहरु सक्षम रहेको समेत बताए । राखेपले एसियाडको तयारीका लागि सरकारसँग ८ करोड रुपैयाँ माग गरेको थियो । तर सरकारले पाँच करोड निकासा गरेको र बाँकी नपुगेको रकम प्रतियोगितबाट फर्किएपछि निकासा गर्ने आश्वासन दिएको सदस्य सचिब विष्टले बताए ।

एसियाली राष्ट्रको खेलकुदको कुम्भमेला एसियाडमा ४५ राष्ट्रका एघार हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालबाट २९ खेलका १८५ खेलाडीले सहभागिता जनाउँदैछन् । जसमध्ये १२९ पुरुष र ५६ महिला खेलाडीले इण्डोनेसियामा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनीहरुको साथमा ४८ प्रशिक्षक, २४ व्यवस्थापक, २७ अफिसियल र एक जना दोभासे रहेका छन् । सेफ द मिसन समेत रहेका सदस्य सचिब विष्टले खेलाडी र ब्यवस्थापक बाहेक एक सय जना भन्दा बढी नेपाली पदाधिकारी इण्डोनेसिया जाने बताए । यो टोलीमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र पत्रकार रहनेछन् । १८औं एसियाडको उद्घाटन भदौ २ गते इण्डोनेसियाको जाकार्तामा हुनेछ ।

एसियाडमा नेपालले सहभागिता जनाउने खेल

नेपालले सहभागिता जनाउनेमध्ये २९ खेलमध्ये २३ वटा खेल जाकर्ता र ६ वटा खेल पालेम्बाङमा खेल्ने छ ।
आर्चरी, एथलेटिक्स, थ्री अन थ्री बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाईडिङ, लनटेनिस, सुटिङ, ट्रयथलन, सेपाकताक्रो, स्पोर्टस क्लाम्बिङ र स्केटबोर्ड रहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.